October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख २४, २०७९ १५:१९
डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

किरण धामी, डोटी
डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी भोला भट्टका अनुसार घाईते हुनेमा जिप चालक रमेश दास र जिपमा सवार वीर बहादुर थापा रहेका छन् । घाईते थापाको अवस्था घम्भिर रहेको र शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको उनले बताए । सामान्य घाइते भएका चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण थप अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ ।

  • सेती कर्णाली खबर
  • -