October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १५, २०८० 00:५२
बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा गएकाे भुकम्प बाजुरा सदरमुकाम नजिकै बडीमालीका नगरपालिका ७ ढम्कनेमा रहेकाे जनाएकाे छ । त्यसै गरी राती २ बजेकाे भुकम्पकाे केन्द्रबिन्दु हिमाली गाउँपालिकामा रहेकाे जनाएकाे छ ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १५, २०८० 00:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट