October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कारागारबाट निकालिए सन्दीप लामिछाने

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस २९, २०७९ 0९:0४
कारागारबाट निकालिए सन्दीप लामिछाने

२९ पुस, काठमाडौं – बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् ।
उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताए ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस २९, २०७९ 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट