July 20, 2024 | शनिबार, साउन ५, २०८१

गद्दार गठबन्धनको लिम्पियाधुरा चिहान

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ५, २०७९ ११:२१
गद्दार गठबन्धनको लिम्पियाधुरा चिहान

–दयालबहादुर शाही
सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान छन् । नेपाली जनताले आधा दर्जन लेण्डिुप दोर्जेहरुको गुँडको रुपमा रहेको वर्तमान् सत्तारुढ गठबन्धनलाई समयमै चिन्ने र दण्डित गर्ने चेत र सामथ्र्यको आपूर्ति गर्न सकेका छन् । संघ र प्रदेशको आगामी चुनावमा लिम्पियाधुरा मुद्दा गद्दार गठबन्धनका लागि सामुहिक चिहान हुनेछ ।
प्रचण्ड–माधवहरुको कान्तिक्षय र मोदी–देउबाहरुको निदहराम नेपालको सुन्दर भविष्य र अक्षुण्ण अस्तित्वका आधारशिला हुन् । फुर्तिलो मृगले धेरै लामो फट्को मारेर आफुलाई खेदिरहेको बाघलाई ‘तिमी मलाई छोप्न सक्तैनौ’ भन्ने ‘इमान्दार संकेत’(Sign of honesty) उपहार जनाउ दिए जस्तै नेपाली जनताले भारतीय गिद्देदृष्टिलाई युगदेखि युगसम्म ‘इमान्दार संकेत’(Sign of honesty) दिदै आएका छन् । नेपाली विभाजनको पीडा सामना गरेर पनि ६ लाख मत बढाउने संसारको एक मात्र कीर्तिमान्धारी पार्टी नेकपा(एमाले) हो । जनताको जागरण बिना यो महान् उपलब्धि सम्भव थिएन । एमालेलाई गरेको यो अनुकम्पामा पढ्न सकिन्छ देश बचाइछाड्ने देशभक्त जनसमुदायको हुटहुटी ।
नाकाबन्दीको बहादुरितापूर्ण प्रतिरोधपछि नेपाली जनताको एमाले रोजाइको दूरगामी महत्वको छ । जनताले लिने सही निर्णयमा स्वदेशको आत्मउत्थान र शत्रुराष्ट्रको कुदृष्टिको असफलता निर्भर रहन्छ । कांग्रेस र माओवादीले भारतका अगाडि लिएको सरिसृप जुनी र दण्डवत आशनको उपचार एमालेलाई जनताले दिने गरेको दह्रो साथ मात्र हो । नेपाली जनताको यो विलक्षण चेतना र हिम्मत देखेर वर्तमान् विश्व समुदाय छक्क परेको छ । जनताको यो जागरण र सही रोजाइ मातृभूमिको लागि जीवनबुटी हो । यो ऐतिहासिक निर्णय लिएर नेपाली जनताले आफ्नो गौरवमय परिचय–पत्र नवीकरण गरेका छन् ।
एमाले बिकेको छैन । एमाले एक्लो छैन । जनता सुतेका छैनन् । युवाहरुको हरेक पुस्ता नसा नसामा देशभक्तिको रगत सलबलाउन छोडेको छैन । लिम्पियाधुरा चिर्थोने हस्तक्षेपकारी हतारोले नेपालका दिन गिन्ती गर्नु निरर्थक छ । न एमाले एक्लो छ । न नेपाली जनता जुम्सा छन् । जनता र एमाले बाघ र बन जस्ता रहेसम्म, समुन्द्र र ह्वेल माछाको स्थितिमा रहेसम्म नेपालमाथिको गिद्देनजर एक दुस्साहस मात्र हुनेछ ।
सिद्दको पाइलो परेको ठाउँ र गिद्दको पाइलो परेको ठाउँमा अन्तर देखा पर्छ । सिद्दको भेषमा गिद्दको लक्षण देखाउदै मोदी सरकारले नेपाललाई लिम्पियाधुरामा ठुँगेको छ । मातृभूमिमाथिको यो चिथोराईको पक्षमा धुन्दुकारीको प्रेतात्माको रुपमा रहेको नेपालको सत्तारुढ गठबन्धनलाई उतारेर मोदी सरकार नेपाली जनताको चेतना र विवेकसँग जिस्किरहेको छ । लेण्डुप दोर्जे हुने सम्पूर्ण कुलक्षणहरु आपूर्ति गरेर देउबा र दाहाल दक्षिणको चरणचुम्बनमा लिप्त छन् । दाहाल देउबाको पाउपूजनमा धसिएर माधव, झलनाथ, बाबुराम र वामदेवहरु गच्छे अनुसारको औकात देखाउदै छन् ।
कुनै पनि देशको अस्तित्व त्यो देशको खिलको रुपमा रहेका राष्ट्रिय आवाराहरुलाई दण्डित गर्ने क्षमतामा निर्भर रहन्छ । लोकतन्त्रमा आम निर्वाचनमा जनताले दिने दण्ड नै दण्डनीतिको आधुनिक स्वरुप हो । देश र पार्टीहरुले कहिलेकाहीँ माकुरे भ्रूणको सामना गर्नु पर्छ । विघठित सोभियत संघले मिखाइल गोर्बाचोभ, भाजपाको पूर्वरुप जनता दलले चौधरीचरण सिंह, नेपाली कांग्रेसले शेरबहादुर देउबा, चौम र मसालले प्रचण्ड एक एक थान मात्र माकुरेभ्रूणको सामना गरे तर एमालेले भने एकै पटक माधव, झलनाथ र वामदेवहरुको गद्दारीको सामना गर्नु पर्यो । राजा, सेना र कांग्रेसलाई प्रत्येक्ष वा परोक्षरुपमा बिरुद्धमा उतारिए पनि, प्रचण्डलाई नोयडा मेड इन जल्लादको रुपमा थुपारे पनि, मिल्ने निहुले निल्न पठाए पनि नेपाली जनताको छाया र मायाले गर्दा एमाले लय र उदय नरोकिएकोमा नेपालका शत्रुहरु जिल्ल परेका छन् । प्रलयहरुको सामना गरेर उठ्ने एमालेको हरेक पुस्ता अभ्यस्त बनेकोमा जोरीपारीहरुलाई चिन्ता थपिदै छ ।
जुन पार्टीले उठायो त्यही पार्टीलाई ठुँग्ने कुख्याति कमाएकाहरुको जत्था हुनाले वर्तमान् सत्ता गठबन्धनका हस्तीबाट दलीय व्यवस्था, लोकतन्त्र र देशको स्वतन्त्र अस्तित्व एकैसाथ खतरामा छन् । अझ दिलभुषण पाठकसँगको एक अन्तर्वार्ता प्रचण्डले प्रश्न खस्न नपाउदै आफुलाई संसदीय व्यवस्थामा विश्वास नभएको बताउनुले यो गठबन्धनबाट नेपालको लोकतन्त्र धरापमा पर्ने देखिन्छ । किनकी सत्तासुखको संकीर्ण त्यान्द्रोमा अल्झिएको कांग्रेसले प्रचण्डको खण्डन गरेको छैन । यसैले यो चुनावमा जनताबाट वर्तमान् सत्ता गठबन्धन दण्डित हुनु इतिहासको माग हो । निर्णय लिदा आफैलाई दण्डित नगर्ने जनता भएको देशले मात्र अस्तित्व जोगाउन सक्छन् ।
महाभारतमा भीष्मले युधिष्ठिरलाई उपदेश दिदै भनेका छन् कि राज्यको मेरुदण्ड दण्डनीति हो । भीष्मनीतिले भन्छ मर्यादा, अनुशासन, सद्भाव, दया माया, सदाचार र सुसंस्कारको आधार दण्डनीति हो । दण्डनीति नहुने हो भने साधु सन्त पनि मर्यादामा नरहन सक्छन् । स्वदेशका जनतालाई पाउको धुलो ठान्ने र मोदीलाई महादेव ठानेर हर हर महादेवको दर्जा दिने निर्लज्जता र निर्वस्त्रीकरण पस्नि मात्र जानेकाले परमादेशीहरु दण्डको भागेदार छन् । गद्दारीको रामवाण चुनावमा जनताले दिने जनदण्ड मात्र हो । पद पाउनको निम्ति विदेशीको पाउपूजन र जनताको आँखामा इन्द्रजाल लगाउने लेण्डुप दोर्जेलाई पुल्पुल्याउदा र माफ गर्दा सिक्किमको हालत के भयो ? लिम्पियाधुरा मुद्दामा नेपाली जनता रिझाउनतिर नलागी मोदी सरकारलाई खुशी पार्ने ईरादा भएकाले सत्ता गठबन्धनका हस्तीहरु चुनावमा जनदण्डका भागेदार छन् ।
भारतीय शासक वर्ग यति बेला दुई देश र दुई राजनेताबाट आजित छ । पुटिन नेतृत्वको शस्त्रबलको रुस र ओली नेतृत्वको शास्त्रबलको नेपाल देखेर भारतीय शासक वर्ग ईश्र्याले जलेको छ । नेपाललाई भारतले युक्रेन बनाउन सक्छ भन्ने धामस दिने गरिएको छ । वास्तविकता अर्कै छ । युरेशियाको भूगोलमा उदाएको रुसले भारतलाई पनि युव्रmेनलाईझै ध्वस्त पार्न सक्छ भन्ने भय छ । शास्त्रबलको नक्कली नायक भारत राम र बुद्धको मूल जरो नेपालमा रहेको सिद्ध गर्ने ओलीको तर्क, अध्ययन र हिम्मतदेखि पनि भयभित छ । ओलीविरुद्ध बन्चरी बिँडको प्रयोग गरिएको छ । बरु सिंह ब्वाँसोको हुलबाट चिथोराई पाएर मारिन सक्छ तर गद्दारहरुको बथानको घेराबन्दीबाट ओलीलाई जनताले बचाएको सिलसिला छ । नेपाल र नेपालीको गौरवमय विगत, आगत, हैसियत र हिम्मतलाई मुखरित गरेकाले नेपाली जनतालाई ओलीप्रति असीम विश्वास र गौरव छ । ओलीलाई एक्लाउन खोजे पनि देशभक्त जनसमुदायले रानो माहुरीलाईझै सुरक्षा घेरा दिएकोमा देशी विदेशी प्रतिक्रियावादीहरुको बेचैनी बढेको छ ।
गिरिजाप्रसाद कोइरालाको मृत्युपछिको नेपाली कांग्रेस भारतका लागि बजे बजाउने नत्र चपाउने मूलाको मुरली बनेको छ । कांग्रेसको यो निवस्त्रीकरणले हस्तक्षेपलाई हौसला थपेको छ । नोयडालाल र लड्डुलालहरुले अरुको भान्छामा पाउना लाग्ने बिरालोको जुनी ग्रहण गरेका छन् । गद्दारी नेपाली राजनीतिको अपूरनीय पक्षघात हो । संविधान सभा असफल पार्ने भारतीय रुचिको तगारो बनेदेखि नै एमालेलाई एक्ल्याउन खेल सुरु भएको हो । संविधानको घोषणा रोक्न नमानेकोमा एमालेमाथि बदला लिन गद्दारहरु बटुलेर घेरा बन्दीको दाइँ सुरु गरिएको छ । गद्दारहरुले जनताको विश्वास गुमाइसकेकाले बोकाबाट दाइँ नहुने निश्चित छ ।
देउबा र दाहालले देशबाट पाउन बाँकी के छ र देशले देउबा र दाहालबाट के पायो ? यसको लेखाजोखा जरुरी छ । कांग्रेस र माओवादीमाथिको जनताको लगानी बालुवामा पानी बनेको छ । मनमोहन र ओली नेतृत्वको सरकार बाहेक नेपालमा सम्झन लायकको सरकार नै बनेनन् । प्रचण्डको उत्कर्षकाल सत्ता साझेदार दल, प्रमुख प्रतिपक्ष र सेनाको हुर्मत लिनमैै बित्यो । उत्कर्षकालको कांग्रेसले देशका उद्योगहरु बेचेर एमालेको गति रोक्न देशको ढुकुटी पोको पारेर चुनाबमा उडायो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता छ, ‘जिउँदै मरेको भनी नाम कसको ? उद्यम बिना बित्छ काल जस्को ।’ उद्यम नगरी देशको थाप्लोमा बरबादी थुपार्ने बर्तमान सत्तारुढ गठबन्धन जिउदालाशहरुको थुप्रो मात्र हो ।
एमालेसँग मात्र गृहनिर्माणको खाका र हुटहुटी छ । समृद्ध नेपाल र सुखी नेपालीको ओली यज्ञ विध्वंश गर्न खोजिए पनि सम्भव हुने छैन । नेपालमा नेपाली जनताको सर्वाेच्चताको अखण्ड ज्योति हस्तक्षेपले निमाउन सक्ने छैन । किनकी जागेका जनता हारेको र महत्वाकांक्षाका व्यापारीहरुले जितेको इतिहास छैन । मोदीको उपासना गरेकाले सत्ता गठबन्धनलाई जनताको घरदैलोमा जाने नाक छैन । जनतासामु यति निर्लज्ज र निर्वस्त्र विश्वमा कहीँकतै सरकार र सत्ता गठबन्धन छैन ।
बज्रहरु वर्षिए पनि एमालेजनले मातृभूमि भन्न र बोक्न छोड्नु हुन्न । आकास खसोस्, हिमालय टुव्रmा टुव्रmा बनोस्, समुन्द्र सुकोस् तर जनताको उपासना र जनताको एकीकृत विवेक र शक्ति झुटो हुँदैन र खेर जादैन । जनताको बहुदलीय जनवादको प्रकाशमा एमालेले राष्ट्ररक्षाको अनिवार्य दुई सर्जाम– शस्त्रवल र शास्त्रवलको पुनरुत्थान गर्न छोड्नु छैन । त्यही शक्तिको उदय हुन्छ जुन शक्ति कसैको आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट अप्रभावित देश र जनतालाई काँधमा राख्छ । लोकतन्त्र, समाजवाद, शान्ति, राजनीेतिक स्थिरता, विकास र समृद्धिको महानायक शक्ति एमालेले अर्काे हिमालय बनेर उभिनु छ । किनकी इतिहासले मातृभूमिको अखण्ड ज्योतिमा तेल थप्ने अभिभारा एमालेलाई जिम्मा लगाएको छ । त्यसैले जनताको अदालतमा एमालेले भनिरहनु पर्छ–
‘शत्रु लार जरो नै खने नि
मतलब छैन जसले जे भने नि
रातो बरुको
म त हजूरको
होइन अरुको ।’
 

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ५, २०७९ ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।