October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रहरी पाेशाकमै राैतहटमा अश्लिल नृत्य गरेका सई कार्वाहीमा परे

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ५, २०७९ 0३:0५
प्रहरी पाेशाकमै राैतहटमा अश्लिल नृत्य गरेका सई कार्वाहीमा परे

प्रेम यादव,
राैतहट – प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले बताउनुभयो।

एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। “जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने” एसपी बुढामगरले भन्नुभयो ।

कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् ।

जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे । हाल उनी इलाका प्रहरी कार्यालय गरुडा तानिएका छन् ।

प्रहरीकाे मर्यादा विपरित काम गरेका सईकाे कर्तुत क्षमायाेग्य नरहेको र जिल्ला प्रहरी कार्यालय यसबारे गम्भीर रहेको प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।

यसबारे थप अनुसन्धान भइरहेको र कार्वाही अगाडि बढ्ने प्रहरी कार्यालयले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ५, २०७९ 0३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट