October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार बिजयी, १० वटै वडाका बिजयी वडाअध्यक्षहरुको नाम

  • सेती कर्णाली खबर
  • आइतवार, असार २६, २०७९ 0७:५१
बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार  बिजयी,  १० वटै वडाका  बिजयी वडाअध्यक्षहरुको नाम

उमेश जङ शाही , असार २६ – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन् ।

नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर बिजयी भएका छन् भने उप प्रमुख कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका नगर प्रमुख रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन् । काँग्रेसका उप प्रमुखकी उम्मेदवार रिता शाही ( शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन् ।

१० ओटा वडा रहेको बुढिगंगा नगरपालिका मा    १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । भने वडानम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस बिजयी भएको छ ।

बिजयी उम्मेद्वार हरु (बुढीगङ्गा नगरपालिका,
नगर प्रमुख – रामबहादुर बानियाँ
नगर उप-प्रमुख – माया खड्का (कुँवर)

वडा नं १ अध्यक्ष – रणबहादुर थापा
वडा नं २ अध्यक्ष – पदम भन्डारी
वडा नं ३ अध्यक्ष – खडक अधिकारी
वडा नं ४ अध्यक्ष – मिनबहादुर शाह
वडा नं ५ अध्यक्ष – चक्र थापा
वडा नं ६ अध्यक्ष – हेमराज जैशी (पुरन)
वडा नं ७ अध्यक्ष – भुवनसिंह केसी
वडा नं ८ अध्यक्ष – रमेश रावल
वडा नं ९ अध्यक्ष – मीनबहादुर सिंह
वडा नं १० अध्यक्ष – दलबहादुर साउद (डेभिड)

  • सेती कर्णाली खबर
  • आइतवार, असार २६, २०७९ 0७:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट