October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन ९, २०७८ १३:१0
बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । टिप्पर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटना स्थलमा प्रहरी टोली खटिएको छ । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका छन् ।घटना स्थलबाट ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख राजेश शाहीेले  ३ जनाको मृत्यु र ६ जनालाई उपचारका लागि डडेलधुरा जिल्ला अस्पताल पठाईएको जानकारी दिएका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन ९, २०७८ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट