October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन गर्दै

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ७, २०७८ १२:५१
प्रधानमन्त्री देउवा अहिले राष्ट्रको नाममा सम्बोधन  गर्दै

काठमाडौं,  ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराए ।

सम्बोधनका क्रममा उनले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरे ।प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए ।

प्रधानमन्त्री देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिए । उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे । उनले भने, ‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।-paschimtoday

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ७, २०७८ १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट