समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]
उमेश जङ्ग शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]
माघ २९, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने […]
काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ । क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ । २० भदौ ०६७ मा […]
शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ । खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ । खोप अभियानको लागि […]
काठमाडौँ, माघ ११ गते । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न […]
काठमाडौँ, माघ ११ गते । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक […]
धनकुटा,१० माघ । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ। गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज […]
काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]