October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २७, २०७८ ११:५७
मन्त्री आलेको अर्को एक्सन: नेपालगन्ज स्थित ड्रिमल्याण्ड होटल बन्द

काठमाडौँ । सरकारले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गराएको छ ।

क्यासिनो सञ्चालनबापतको ३८ करोड रुपैयाँ नबुझाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ड्रिमल्याण्ड होटल बन्द गराउनुभएको हो । ड्रिमल्याण्डले मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनोको लाइसेन्स समेत रद्द गरिदिनुभएको छ ।

२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो।

तर, आर्थिक वर्ष २०७६र७७ सम्मको बक्यौता, आव २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द गर्नुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो।

ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन।

ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ। लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकायअन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ। ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ।

यसअघि मन्त्री ओलेले क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराउनुभएको थियो । साथै याक एण्ड यतीको होटल वर्गीकरणस्तर समेत खारेज गरिदिनुभएको जनता समाचारमा खबर छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ २७, २०७८ ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट