October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ १८, २०७८ 0३:३१
कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

 शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका वडा ८ खुलालु लालिघाट देखि बाजुरा जिल्लाको उत्तर पुर्बि भेग जगन्नाथ गापा वडा १ पिलुचौर बजारमा बस आइपुगेको छ। सुर्खेत बिरेन्द्रनगर देखि दैलेख कालिकोट हुँदै बाजुरा पिलुचौर बजार २दिनमा पुगेको छ। बस चालक सन्दिप लामिछाने र साउजी ओम प्रसाद तिवारी लगायत चार जनाको टोली कर्णाली करिडोर सडक अवलोकन गर्दै हुम्ला जिल्लाको सरिसल्ला पुग्ने बताएकाछन । ट्रक र जिप सञ्चालन भइरहेको भएपनि बस सञ्चालन गर्नको लागि कर्णाली करिडोर राजमार्ग अवलोकनको लागि सुर्खेत काँक्रे बिहार यातायात प्रालिले हामी चार जनालाई पठाएको बस चालक लामिछाने ले जानकारी दिएका हुन । कर्णाली करिडोर राजमार्गको सडक राम्रो भए कानुनि प्रक्रिया पुरागरी नियमित बस सेवा सन्चालन गर्ने सुर्खेतकाक्रे बिहार यातायात प्रालिको खुलालु बस यातयात ब्यवसायी संघ इन्चार्ज गोविन्द्र भन्डारीले भने । पिलुचौर बजारमा पहिलो पटक बस देखिएपछी स्थानिएहरुले खुसि हुदै बस चालक लगाएत चार जनालाई फुलमाला अबिरले स्वागत गर्दै धन्यवाद दिएकाछन । उक्त बसमा सवारी यात्रु भने राखिएको छैन । कर्णाली करिडोर राजमार्गमा  बस सेवा सन्चालन भए बाजुरा हुम्ला मुगुका जनतालाई  साँफेमार्तडी राजमार्ग यात्रा गर्दा अछाम ,डोटी, डडेल्धुरा, कैलाली र बर्दिया हुदै बाके नेपालगन्ज पुुग्दासमय ३/४ दिन लाग्ने,सास्ति हुने र भाडा  महङ्गो पर्छ  कर्णाली करिडोर राजमार्गमा बस सन्चालन भए यात्रा सहज हुने भाडादर सस्तो र छोटो समयमा पुगिने  हुनाले कर्णाली करिडोर राजमार्गको सडक बिग्रेको भए मर्मत गरि छिटो नेपालसरकारले बस सेवा सञ्चालनमा ल्याउन आवश्यक  रहेको  लक्ष्य प्राप्ति होटल सन्चालक रेखम शाहीले बताए ।

  • सेती कर्णाली खबर
  • -