July 1, 2025 | मङ्लबार, असार १७, २०८२

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १२, २०८२ 0५:२0
लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर

मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध मार्तडी बजार परिक्रमा गर्दै र्‍याली सहित दिवस मनाइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको सदरमुकाम सहित बुढीगंगा लगायतका स्थानहरुमा युवाहरु लागूऔषध दुर्व्यसनीमा फस्दै गएको बताए । उनले लागूऔषध दुरुपयोगमा कोही कसैपनि उत्साहन नहुन र यसको पूर्णतया नियन्त्रण होस भन्ने उदेश्यका साथ नियमित कार्यक्रमलाई दिवसका रुपमा मनाइएको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी पाध्याले लागूऔषध दुरुपयोग नियन्त्रण गरी सभ्य समाज निर्माण गर्न सम्पूर्ण संघ संस्था तथा कार्यालयहरुले लाग्नुपर्नेमा जोड दिए ।

यो दिवस हरेक बर्ष जुन २६ का दिन अन्तराष्ट्रिय रुपमा मनाइदै आएको छ । त्यस्तै जिल्लामा लागूऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाध्यासहित जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, विभिन्न कार्यालयका प्रमुख, सञ्चारकर्मी लगायत सहभागी थिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १२, २०८२ 0५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट