March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

भीरबाट लडेर एकजनाको मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १५, २०८१ 0७:४६
भीरबाट लडेर एकजनाको मृत्यु

बाजुरा—बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० बर्षीय नृपराज रेग्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार महाशिबरात्रीका दिन सार्बजनिक बिदा परेकाले रेग्मी साथीहरुसँग गाउँ नजिकै रहेकाे खाेलामा माछा मार्न गएका थिय रेग्मी सोही ठाउँबाट वेपत्ता भएका थिए । रेग्मी आज (बिहीवार) बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेका जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।

मृतक रेग्मीको शव पोर्ष्टमाटमका लागि कोल्टी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

घटनाको प्रकृति अनुसार उनी भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १५, २०८१ 0७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट