October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २८, २०८१ १५:३८
दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा–मार्तडी स्थित दुर्गाभञ्जन गुलमका  नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका वाड न ७ रजातोली काे मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ ।
दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ ।

केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको काठेपुल बगाउँदा आवत जावतमा समस्या भएको थियो । काठेपुल बगाउदा मार्तडी कोल्टी सडकमा हिड्ने यात्रुहरु र स्थानियलाई आवतजावतमा समस्या भएको थियो ।

मार्तडी कोल्टी सडक अन्तरगत अबिरल बर्षाका कारण सडक अबरुद्ध भएको र हिडेर जाने यात्रुहरुको सहजताका लागि नेपाली सेनाले काठे पुल निर्माण गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिहंले बताए ।

खोला बढेर जोखीम भएकले बटुवा तथा स्थानियलाई समेत आवत जावतमा समस्या भएपछि बडिमालिका नगरपालिका वाड न सातका वडा सदस्य लाेकेन्द्र बहादुर राेकाया,डब्बल बहादुर बिक ,झिरु बि क र पार्वती जैशी लगायत केही स्थानियकाे समेत उपस्थिती भएर काठेपुल निर्माण गरेकाे वडा सदस्य डब्बल बि क ले बताएका छन् ।
अघिल्लाे बर्षमा भयकाे बाडिपहिराेमा पनि यसरी नै सबैलाई एक दिनसर्बदान गरेर आफ्नाेकाम म आफै गर्छु भनेर नै बर्षादकाे बेला वडामा भयका बिकासे काम तथा बिपद काे बेलामा यस्ता काम गरेर वडाबासिलाई सेवा दिएकाे हाे ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २८, २०८१ १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट