June 11, 2026 | बिहिबार, जेष्ठ २८, २०८३

हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

  • सेती कर्णाली खबर
  • बुधबार, चैत्र २१, २०८० 0८:0३
हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ रिठ्ठा बस्ने आपसरी बुढथापा भिरबाट लडेर मृत्यु भएको छ।

आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढथापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर उनको मृत्यु भएको छ। उनको उमेर ४१ वर्षको हुनुभएको आफन्तले बताए। उनको घरमा श्रीमान १ छोरा २ छोरी सहित ४ जना परिवार रहेकोे आफन्त लन्क कार्कीले बताएका छन।

मृतक लाई प्रहरी चौकीलाई जानकारी भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट्माटम गर्ने तयारी गरिएको छ। मृत्युलाई कोल्टी पुर्‍याउन एम्बुलेन्स सहित पठाएको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • -