October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

  • सेती कर्णाली खबर
  • शनिबार, असार ८, २०८१ 0२:२९
कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

उमेश रोकाया,०८असार/बाजुरा- निति तथा कार्यक्रमका लागि कृषि, पशु पालन संगै जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकता गरिने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए।

हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँ सभामा कृषि, पशु पालन र जडिबुटी क्षेत्रलाई निति तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइने भएको छ। आजभोलि पालिका बिषयगत रूपमा छलफल चलिरहेको छ। हिमाली गाउँपालिका अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई पहिलो चरण बोलाएर गैरसरकारी संस्था गर्न खोजेको र पालिकाले गर्न लागेको कामलाई एक रुपता गरेर संस्थाले पालिकामा बनाउन लागेको र हिमाली गाउँपालिकाबाट सञ्चालन गर्न खोजेको निति तथा कार्यक्रमलाई एक मुष्ट रूपमा संस्थाको उद्देश्य संग संगै लैजानका लागि सुझाव संकलन लिएको छ। त्यसै बिषयलाई बिषयगत छलफल भैरहेको छ। विशेषगरी पालिकामा जुन हुन लाकेको नयाँ निति तथा कार्यक्रमको योजना तर्जुमा तिर लागिपरेका छौ।

गाउँ, टोल, बस्ती हुँदै वडा देखि ल्याएका योजनाहरुको गाउँपालिकामा लिएर बिषयगत छलफल भैरहेको छ। यसलाई सबैले हिमाली गाउँपालिका मुख्य आधार गर्नका लागि विशेषगरी पशु पालन, फलफूल खेती र जडिबुटी यहाँका वनजङ्गल हरुमा भएका तीन चिज लाई मध्यनजर गरेर यसलाई नै गाउँ घरमा जनताहरु यश भित्र कसरी ध्यानाकर्षण गराउने चेतना कसरी दिने कस्ता किसिमका कार्यक्रमहरु सञ्चालन गर्‍यौ भने हाम्रो पालिका जीविकोपार्जन स्तर माथि उठन सक्छ भन्ने किसिमका कार्यक्रम राख्ने तयारी रहेका छौँ। जसमा स्थानीय रैथाने बालीलाई नै जति पुरानो रैथाने बाली थियो। त्यो बालिको बीउ सम्म पनि पाउन सकिने अवस्था देखिएको छैन। बीउ संकलन गरेर पनि स्थानीय रैथाने बाली चिनु, कागुनो, फापर, कोदो र मकै यस्ता बालीलाई बढी मध्यनजर गरेर गाउँमा बढी उत्पादन तिर उन्मुख गर्ने यसलाई अगाडि बढाउने निति तथा कार्यक्रम तयार राख्ने पर्‍यास रहेकोे प्रवक्ता पाण्डेले बताए।

आफ्नो वडामा बिजुली बत्ति पुगिसकेको छ। कतिपय ठाउँमा विद्युत लाइन बिस्तार गर्न योजना र टोल सम्म सडक बिस्तार पुगिसकेको त्यसलाई स्तर उन्नति गरेर बाटो चाडो राम्रो कसरी बनाउने भन्ने माग अनुसार वडाका योजना पालिकामा सिफारिस गरिएको छ। कुटानी पिसानी संचालनमा ल्याएर महिलाहरु ओखल कुट्नु पर्ने र घट्ट पिस्न जादा घण्टौ लाग्ने अवस्थालाई हटाउन उद्योग सञ्चालन बनाउन योजना बनाएको छ। स्वास्थ र बिधालयहरु लाई शिक्षा दरबन्दी वातावरण पनि सरिक बनाउने जनचेतना फैलाउने निति तथा कार्यक्रम राखेको छ। अहिले गाउँमा ५ हजार बिरुवा असारको बेला सुन्तला र कागती रोप्ने गरिकन खाल्डो खनिसकेको छ। बोट गाउँमा ल्याउनका लागि कृषि ज्ञान् केन्द्र बाजुरा संग समन्वय गरेर ल्याउने तयारी अवस्था रहेकोे छ। विभिन्न किसिमका पशु पन्छी पालनका लागि समुह दर्ता गरेर गाई, भैसा, भेडा, बाख्रा, चौरी र च्याङरा पालनलाई मध्यनजर गरेर कृषि क्षेत्रमा समावेश बनाउने गरि यो कार्यक्रम विशेषगरी अगाडि बढाएको छ। सधैं सडक, भवन, र बाटो बनाउने यसलाई मात्र बिकास गरेर मान्छेको जीवन स्तर माथि उठन देखिएन र हामीले उत्पादन हुन पालिका भरिको सबैभन्दा राम्रो कार्यक्रम भनेको कृषि कार्यक्रम मानिएको छ।

कृषि शाखाको प्रतिबेदन अनुसार वृक्षरोपण कार्यक्रम अन्तर्गत ५० हजार फलफूल बोट रोपिएको थियोे। अहिले ३३ हजार बराबरको बोट बचाएको छन। वृक्षरोपण कार्यक्रम पाँच वर्ष यो साल अन्तिम वर्ष पुगेको छ। बचाएको फलफूल बोटहरु फल्न सुरु गरेका छन। फलफूल बिस्तार गरेर उत्पादन क्षेत्र तिव्र रहेकोे बेला त्यसको लागि उत्पादन भएर फलफूललाई बजारीकरण गर्नका लागि शीत गृह भवन निर्माण गरिएको छ। बाजुरा मात्र नभएर हुम्ला र मुगु जिल्लाका फलफूल राख्ने सकिने खालको बनाएको छ। बजारीकरण पाएन भने पनि केहि समय सम्म हामी सुर्खेत नेपालगन्ज धनगढी मुख्य बजार सम्म पठाउने भन्ने लक्ष्य छ। सडक पुगेको ठाउँलाई भन्दा नपुगेको ठाउँलाई सडक बिस्तार गर्न भनेर राखेका छौँ। साविकको बिच्छ्या सम्म सडक पुगेन सकेको छैन। सडक संजाल जोड्ने भन्ने उद्देश्यले लगेका छौँ। बिच्छ्या सडक जोडन पालिका बाट बजेट थोरै हुँदा सम्भव छैन। यसलाई प्रदेश र संघ सरकारलाई अनुरोध गरेको छ। भौगोलिक विकटता कारणले असम्भव भएको छ। रानिसैन जडिबुटी त्यहाँका उत्पादन बस्तुलाई तल ल्याउन ढुवानी समस्या भएको छ। यसलाई तत्काल समाधान उपाय तिर लागिएको प्रवक्ता पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, असार ८, २०८१ 0२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट