October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:0५
कुकुर तथा बिरालाको बन्ध्याकरण सिबिर भोलि देखि सन्चालन  हुने

सन्तोष प्रसाद जोशी 

कोल्टी- जिल्ला स्थित भेटनरी तथा पशु सेवा बिज्ञ केन्द्रले कुकुर तथा बिरालाको बन्ध्याकरण  सिबिर सन्चालन गर्ने भएको छ ।जिल्ला भरिका  घरपालुवा र छाडा कुकुर बिरालाहरुको बन्ध्याकरण गर्ने भएको हो ।रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बिरालाहरुबाट रोग फैलिने तथा जनसंख्या धेरै हुने भएकाले शिबिर सन्चालन गर्नुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख प्रसासकिय अधिकृत सिद्धराज जैशिले बताउनुभयो ।कुकुर बिरालाहरुको जनसंख्या धेरै भई कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन बिज्ञ केन्द्रले सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण सुरु गरेको जैशिले बताउनुभयो ।

प्रमुख जैशीका अनुसार १२ आइतबार  सुरु हुने बन्ध्याकरण शिविरमा जिल्ला भरिका  सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागिएको बताउनुभयो  । ‘सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ’, उहाले भन्नुभयो । जिल्ला भरी रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताउनुभयो । उहाँले रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले शिबिर सञ्चालन गरिने बताउनुभयो ।

पशु बिज्ञका अनुसार बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने उहाँले बताउनुभयो ।चिरफार मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिने उहाँले बताउनुभयो  । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । उहाँका अनुसार किसानलाई कुकुर बिरालाहरुलाई बन्ध्याकरण सिबिरमा खाना पानी नखुवाई भेट भोकै ल्याउन सबैलाई सुचना मार्फत उल्लेख गरेको उहाँको भनाई छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट