December 7, 2025 | आइतवार, मंसिर २२, २०८२

भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २३, २०८० १६:0३
भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण

उमेश रोकाया,२३ भाद्र/बाजुरा- बिधालयमा विद्यार्थी चाप बढ्दै गर्दा नयाँ धारो निर्माणकार्य भैरहेको छ।

हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालमा बाल मैत्री धारो भएपनि विद्यार्थी बढ्दो अवस्था हुँदा नयाँ धारो निर्माणकार्य गरिएको छ। बिधालयमा पहिला बनाएको धारामा पानी निरन्तर खाइरहेका भएपनि विद्यार्थी चाप बढेपछि अप्ठ्यारो महसुस भएको विद्यार्थीले बताए। विद्यार्थी समस्या समाधान गर्न आइ.डि.एस. नेपाल र हिमाली गाउँपलिका संग आग्रह गरेपछि धारा बनाउन सफल भएको भवानी माध्यमिक बिधालय व्यवस्थापन समितिले अध्यक्ष नर प्रसाद पाण्डेले बताउनुभयो।

बिधालय धारा नयाँ निर्माणकार्य गर्नका लागि आइ.डि.एस. नेपाल संस्थाको आर्थिक सहयोग र हिमाली गाउँपालिका निर्माण कार्यमा प्रयोग गरिने सिमेन्ट, सरिया र पाइप लगायत चाहिने सामाग्री सहयोगमा थप धारा बनाउन लागेको छौँ। बिधालय व्यवस्थापन समिति श्रमदान गरेर धारो बनाउन निरन्तर लागिपरेका अध्यक्ष पाण्डेले बताए। सरकारी तथा गैरसरकारी निकाय बाट सहयोग समर्थन पाउदा थप धारा निर्माण गर्नका लागि जुटेका छौँ।

बिधालय बाल मैत्री ५ धारा नियमित विद्यार्थी पिउने गरेको भएपनि विद्यार्थी चाप बढ्दो अवस्था रहेकोे कारण थप नयाँ धारो बनाउन एकजुट भएको छन। नयाँ धारामा ६ धारा पानी आउने हिसाबले निर्माण भैरहेको छ। साना र ठुलो बालबालिका लगायत बिधालय कर्मचारी पिउने पानीको सहज बनाउन धारा निर्माण काम अगाडी बढेको छ। पहिला बिधालय भवन अभाव भएको थियो। गत सालको आर्थिक वर्षमा रास्ट्रपति सुधार कार्यक्रम बाट २ कोठा भवन निर्माण भएको हुँदा अहिले कक्षा कोठाको राम्रो व्यवस्थापन भएको छ। छात्रा बास भवन अलि समस्या देखा परेको छ।

पहिलो भन्दा अहिले २० प्रतिशतले विद्यार्थीहरु बढेका छन। पहिलोको भन्दा अहिले पठनपाठन धेरै सुधारमा आएको छ। बिधालय परिक्षा केन्द्र स्थापना, कक्षा ११ पनि संचालन भएको र खेलकुद मैदान देखि पढाई गुणस्तर भएको हुँदा बाहिर आउने विद्यार्थी आकर्षक कारणले विद्यार्थी चाप बढेको अवस्था छ। अहिले कक्षा १ देखि ११ सम्म कक्षा संचालन भैरहेको छ।

भवानी माध्यमिक बिधालय अहिले विद्यार्थी संख्या ३ सय जना बालबालिका रहेका छ्न। बिधालयमा विद्यार्थी खानेपानी अभाव हटाउन थप नयाँ धारा निर्माणकार्य भैरहेको छ। अबको १ हप्तामै समस्या समाधान हुनेभएको बिधालय व्यवस्थापन समिति अध्यक्ष पाण्डेले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • -