October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५४
गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा हुँदा सम्म पनि अहिलेसम्म टावर निर्माणकार्य सम्पन्न हुन सकेको छैन।

टेलिफोन टावर निर्माणकार्य सुरु भएपछि गाउँका सबै मान्छेहरू खुशी भएका थिए। टावर बन्न लागेको देख्दा अब एक दुई महिनापछि टेलिफोनमा जोडिने भयौं भनेर गाउँका सर्वसाधारण हर्ष भएका हुन। टेलिफोन टावरको निर्माणकार्य ७० प्रतिशत काम गर्न बाकी हुँदा स्थानीय चिन्ताजनक समेत रहेका स्थानीय दिपक भण्डारी बताएका छन।

२०७५ साल असोज महिनाबाट अहिलेसम्म गाउँका १ सय ४५ घरधुरी टेलिफोन बाट बन्चित भएका छन। जसले गर्दा गाउँ अधिकास मान्छे आफ्ना आफन्त संग कुराकानी देखि सूचना प्राप्त गर्ने फोनका कारणले जटिल समस्या परेका छन। टावर बन्ने आशा मात्र रहेकोे छ। टेलिफोन टावरको निर्माणका काम अधुरो भएको छ। उक्त फोन टावर काम सम्पन्न हुन नसक्दा जति बनेको छ त्यतिकै रहने हुने सम्भावना लागेको स्थानीय भण्डारीले बताए।

गाउँमा टेलिफोन टावर समस्या हुँदा फोन सेवा बाट समस्या रहेको छ। अहिले पनि फोन गर्न गाउँ भन्दा डाडा काडा चढेर आफ्न् संग कुराकानी गर्न बाध्यता रहेकोे छ। २१ औं शताब्दी ईन्टरनेट जमाना भएपनि अहिले गाउँ ईन्टरनेट पहुँचमा कुरै छैनन् फोन सेवाबाट पनि टाढा रहनुपर्ने अवस्था रहेकोे छ। गाउँ भन्दा बाहिर अथवा जिल्ला बाहिरका आफ्ना आफन्तले फोन संजाल गरेर तत्काल गाउँमा जानकारी दिनुपर्ने खालको अवस्था हुँदा पनि गाउँमा टेलिफोन टावरको समस्याले गर्दा जटिल समस्या भोग्नुपरेको स्थानीय जस बहादुर रोकायाले बताएका छन।

विगत दिनमा फोन सेवाबाट बन्चित भएपनि पछिल्लो समयमा टेलिफोन टावर निर्माण गर्न सुरु गरेको हुँदा गाउँका धेरै स्थानीय मान्छेहरू खुसी व्यक्त गरेका थिए। फोन अब केही महिना चालु होला भन्ने टेलिफोन टावर अहिलेसम्म पनि निर्माणकार्य सम्पन्न हुन सकेको छैन। ५ महिना सम्म पनि टेलिफोन टावर निर्माण गर्न लागेको टावर सम्पन्न नहुदा फोन सेवाबाट बन्चित हुने पर्ने बाध्यता रहेकोे छ। जसका कारणले गाउँका सानाठूला सबैको हातमा मोबाइल भएपनि टेलिफोन सेवा समस्या भएकै हिसाबले गाउँमा फोन गर्न समस्या भएको स्थानीय रोकायाले बताएका छन।

टेलीफोन टावर निर्माणकार्यको टावर सोलार भैसकेको छ। सोलारको ब्याट्री राख्ने टिम पनि पुग्दै छ।सोलार सहित सामान कोहलपुर पुगे भनेर फोन भएको हो। हामी यहीँ असार महिना भित्र पाँडी गाउँको टेलिफोन टावर सञ्चालनमा ल्याउने नेपाल टेलिकम कार्यालय मार्तडी बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट