October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको विषादी रहित छ टन स्याउ धनगढी निर्यात हुँदै

  • सेती कर्णाली खबर
  • बिहिबार, भदौ २३, २०७९ 0५:५५
बाजुराको विषादी रहित  छ टन स्याउ धनगढी निर्यात हुँदै

उमेश जङ्ग शाही,बाजुरा –  स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहयोग र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास साँखाको प्राविधिक सहयोग तथा समन्वयमा छ हजार किलो स्याउ धनगढी सहरमा बिक्रि बितरणका लागि बाहिरिएको छ। अब बीस हजार किलो ढुवानि हुन बाकि रहेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखा प्रमुख निरेश कटेल सेती कर्णाली खबरलाई जानकारी दिए। स्याउको बोटमा प्रति किलो स्याउको ३५ रुपैयाँमा खरिद गरेको बताइएको छ। बिषादी रहित स्याउले स्याउको आयात प्रतिस्थापन गरौं भन्ने मुल नाराको साथ स्याउको बजारीकरण  गर्न लागिएको प्रधानमन्त्री  कृषि  आधुनिकिकरण परियोजना  नि. वरिष्ठ  अधिकृत पवन कुमार तिवारीले बताए । केही वर्ष अघि जुकोटमा बजार नपाएर किसानका स्याउ गाई भैसिलाई खान दिने गरेको बसन्त शाहीले बताए।  कृषि ज्ञान केन्द्र बाजुरा , प्रधानमन्त्री  कृषि  आधुनिकरण परियोजना र स्वामिकार्तिक गाउँपालिकाले गरेको स्याउ ढुवानि बजारीकरणको लागि सहयोगि निकाए देखि किसानहरु खुसि भएका छन।  स्याउ बजारिकरणको लागि धनगढी कैलालीमा
सम्पर्क व्यक्ति -धन बहादुर रावल(फ्यूचर स्याउ कृषक समूह)
सम्पर्क न.९८४७१४१३३८

  • सेती कर्णाली खबर
  • -