October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भवानी मावि १० कक्षाका विद्यार्थीलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २७, २०८० १0:३९
भवानी मावि १० कक्षाका विद्यार्थीलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम

उमेश रोकाया,बाजुरा- भवानी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा स्थिति रहेकोे भवानी माध्यमिक बिधालय अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम बिच फेरि भेटौला कार्यक्रम गरेका छन। कक्षा १ देखि १० कक्षा सम्म एउटै बिधालयमा लामो समय अध्यनरत छात्रा र छात्रहरुलाई बिदाइ तथा फेरि भेटौला कार्यक्रम गरिएको प्रधानाध्यापक धर्मराज पाण्डेले बताएका छ्न।

अहिले कक्षा १० सम्म अध्यन गरिरहेका विद्यार्थीहरुको चैत १५ गतेदेखि परिक्षा हुने भएकाले एस.ई.ई. परिक्षाको तयारी गर्नेका लागि बिधालयहरु लाई बिदाई कार्यक्रम गरेका छन। अब आउने परिक्षा लाई मध्यनजर राख्दै बिधालय कक्षा ९ का विद्यार्थीहरुले फुलका माला र बिधालय शिक्षक तथा बिधालय समितिहरुले निधारमा टीका लगाएर बिदाई गरेका छ्न।

प्रधानाध्यापक धर्मराज पाण्डेले यो कार्यक्रम बिदाई रूपमा नलिएर फेरि भेटौला भन्ने कार्यक्रम बिधालय औपचारिक गरेको हो। “अध्यन गरिरहेका कक्षा १० विद्यार्थीलाई उच्च भविष्य कामना गर्दै यहीँ आउने एस.ई.ई. परिक्षाको अग्रिम शुभकामना समेत दिएको छ। पढाईलाई मध्यनजर राखेर हाम्रो बिधालय उत्पादन गरेको विद्यार्थी डाक्टर, पाइलट र शिक्षक लगायत विभिन्न सरकारी निकायमा देख्न पाँउ भनेका छन।” जहाँ पढाई सिलसिलामा गएपनी पुनः भेट हुने आशाका साथमा पढाईलाई अब्बल बनाउनका साथै हाम्रो बिधालय पढेका बालबालिका उत्तर उत्तर प्रगतिको कामना समेत व्यक्त गरेका छन।

सोही कार्यक्रम सभा अध्यक्ष भवानी माध्यमिक बिधालयका प्रधानाध्यापक धर्मराज पाण्डे प्रमुख अतिथि बिधालय समिति सदस्य अभिभावक शिक्षक तथा बिधालयका बालबालिकाहरुको सहभागिता कक्षा १० विद्यार्थीलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम सञ्चालक बिधालय क्षिक्षक भानुभक्त खत्रीले गर्नुभएको बिधालय परिवारले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २७, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट