October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नागरिकको जनजीवन संग जोडिएको वृक्षारोपण कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, माघ २७, २०८० २३:५१
नागरिकको जनजीवन संग जोडिएको वृक्षारोपण कार्यक्रम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नागरिकको जनजीवन संग प्रत्येक्ष जोडिएको वृक्षारोपण कार्यक्रम रहेकोे छ।

आर्थिक वर्ष २०७६/०७७ बाट खाद्य सुरक्षा कार्यक्रम लागू भएको हो। फलफूल विरुवा रोपि खाद्य सुरक्षामा टेवा पुर्‍याउने गरेको छ। हिमाली गाउँपालिका फलफूल आत्मनिर्भर भइ निर्यात प्रबर्द्धन गर्ने र खाद्य संकट न्यूनीकरण गर्नेका लागी यो कार्यक्रम सुरुवात गरिएको हो।

खाद्य सुरक्षा लागु भए पश्चात् सुरुको चरणमा न्यून पाँच प्रजातिका फलफूल विरुवा वितरण गरी रोप्ने गरिएको हो। सुरु वृक्षरोपण कार्यक्रममा स्याउ, ओखर, कागती, आँप र अनार बिरुवा लगाएको हुन। आर्थिक वर्ष २०७७/०७८ मा तीन प्रजातिका डाले गास विरुवा जस्तैः बाँस, किम्मु र इपिलइपिल बिरुवा वितरण गर्नुका साथै ग्लो आर्थिक वर्षमा रोपण गरिएका विरुवाहरु अनुगमन गरि हुर्काए बापत कृषकलाई प्रोत्साहन स्वरुप प्रती विरुवा बापत ५ किलोग्रामका दरले कार्यक्रम लागु भएको पहिलो वर्ष बिरुवा हुर्काउन कृषकलाई पालिका भरी दुई हजार एक सय कुइन्टल चामल वितरण गरियो हिमाली गाउँपालिकाले जनाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा खाद्य सुरक्षा कार्यक्रममा आ.व. २०७६/०७७ मा पाँच प्रजातिका फलफूलका बिरुवा र २०७८/०७९ मा वितरण गरिएका डाले गास ३ जातका बिरुवा गरि जम्म ८ प्रजातिका बिरुवा लगाएको हुन। जसमा सोही वृक्षारोपण रोपण कार्यक्रम दोस्रो सालमा बिरुवा हुर्काए बापत १ हजार ८ सय कुइन्टल चामल वितरण गरिएको छ। आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका दिएको फलफूल बोट बिरुवा हुर्काए बापत यहाँका कृषकलाई १ हजार ७ सय क्युन्टल चामल वितरण गरिएको छ। हालसम्म गाउँपालिका कृषकहरूले अहिलेसम्म जम्मा पाएका ५ हजार ६ सय कुइन्टल चामल दिएको छ।

वृक्षारोपण कार्यक्रम सुरुमा ५० हजार भन्दा बढी बिरुवा रोपिएको थिए। अहिलेसम्म कृषकहरुको फलफूल बारीमा बचेको बिरुवा ३४ हजार बिरुवा स्थलगत सर्वेक्षण गर्दा देखिएको तथ्यांकअनुसार रहेकोे पाइन्छ। बोट हुर्काए बापत कृषकलाई प्रोत्साहन स्वरुप चामल दिदै आइरहेको छौँ। अहिलेसम्म सम्म कुनैपनी कृषि ज्ञान केन्द्र बाट यस कार्यक्रम सहयोग नभएको हिमाली गाउँपालिका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताएका छन।

हिमाली गाउँपालिका वडा नम्बर १ देखि ७ वडा भित्रको २ हजार १ सय ४८ घरधुरीका सबै कृषकहरू वृक्षारोपण कार्यक्रममा समेटिएका छन। गत आर्थिक वर्ष सबैभन्दा बढी चामल पाउने वडा नम्बर ५ बच्छ्या गाउँका सुरेते बुढाले यही वर्षमा २५ किलोग्राम कट्ठा बराबर १२ कट्ठा चामल पाएका छन। भने उनका अहिले ६० बिरुवा बचाएका छन। सोही गाउँका भैर बहादुर कार्कीले ५६ बिरुवा बचाएका छन। कृषक कार्की बिरुवा हुर्काए बापत ११ कट्ठा चामल कृषकलाई प्रोत्साहन स्वरुप दिएको छ्न। पालिका भरी सबैभन्दा बढी बिरुवा हुर्काउन र बोट बचाए बापत बढी पाउने कृषक २ जना रहेकोे छ्न।

खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत फलफूल बिरुवाहरुमा स्याउ, ओखर, कागती, आँप, अनार र जंगली डाले गासका विरुवाहरुमा बाँच, कुमु र इपिलइपिल गरि ८ प्रजातिका बिरुवाहरु वृक्षारोपण गरिएको छ्न। वृक्षरोपण कार्यक्रममा हिमाली गाउँपालिका नागरिकको जनजीवन संग प्रत्येक्ष जोडिएको एक कृषि कार्यक्रम हो। यश कार्यक्रम कृषकहरूले फलफूल रोप्ने र रोपिएका फलफूलका बिरुवाहरुलाई गाउँपालिका कृषि विकास शाखाले प्रत्येक्ष कृषकहरूको सहभागिता फलफूल बिरुवा अनुगमन गरि प्रोत्साहन दिनलाई एक विरुवा हुर्काए प्रत्येक वर्ष प्रति बिरुवा ५ किलोग्रामका दरले चामल वितरण गर्दै आइरहेको छ।

यश आर्थिक वर्ष बाट उत्पादन भएको फलफूलहरुको बजारीकरणका लागि गाउँपालिकाले बजारीकरण गर्ने ढुवानीमा अनुदान दिने गाउँपालिकाले नै संकलन गर्ने काम गरेको छ। खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम संचालन गर्नका लागि खाद्य सुरक्षालागि वृक्षारोपण कार्यक्रम कार्यविधि २०७६ अनुसार लागू गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

हिमाली गाउँपालिका सबैभन्दा राम्रो कार्यक्रम खाद्य सुरक्षा कार्यक्रम प्रत्यक्ष नागरिक संग जोडिएको कार्यक्रम अहिले धेरै प्रभावकारी भएको छ। यहाँका कृषकलाई एक बोट जोगाए बापत ५ के.जी. चामल दिने गरेको छौँ। गाउँपालिका १ देखि ७ वडा सम्म वृक्षारोपण कार्यक्रम लागु गरिएको छ। वृक्षारोपण कार्यक्रम अन्तर्गत स्याउ, ओखर, कागती, आँप र अनार लगायत सबै गरि सुरुवातमा ५० हजार भन्दा फलफूलका विरुवा लगाएका हुन।

अहिले केहि बोट सुकेर गएपनी ७५ प्रतिशत विरुवा हुर्केका छन। खाद्य सुरक्षा कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट लागू गरिएको थियो। अहिले झन्डै ४ वर्ष पुरा भैसकेको छ। यो कार्यक्रम ५ वर्ष सम्मका लागी रहेकोे छ। पाँच वर्ष सम्म जुन कृषकलाई दिएको बिरुवा १ बोट हुर्काए बापत पाँच किलोग्राम चामल दिइने कार्यक्रम एक महत्त्वपूर्ण रहेकोे छ। यसले गर्दा कृषकले बिरुवा हुर्केको गाउँपालिका कृषि बिकास शाखा स्थलगत सर्वेक्षण अनुसार कृषकहरूलाई चामल वितरण गर्ने गरिएको छ। “आजको लगानी बोट, भोलिको प्रतिफल नोट एक व्यक्ति पाँच रुख अनिवार्य लगाऔ, फलफूल बेची गरिबी भगाऔ” भन्ने नाराका साथ यस हिमाली गाउँपालिकाले संचालन गर्दै आएको खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तर गर्दै फलफूल तथा अन्य विरुवा संरक्षरण गरे बाफत प्रोत्साहन स्वरूप खाद्यान्न वितरण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

कृषकहरूले उत्पादन गरेको फलफूलहरु र अन्य नगदेबालीहरु भण्डार गर्न कृषि सित गृह (कोलड स्टोर) निर्माणकार्य भैरहेको निर्यातका लागि बजारीकरण कार्यक्रम संचालनमा ल्याइने भएको छ। कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरण र बजारीकरण प्रबर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वयन गरिने भएको छ। हिमाली गाउँपालिकामा कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न बजेट विनियोजन समेत व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ २७, २०८० २३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट