October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ९, २०८० 0७:३५
अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु भएको छ। गाडीमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन्।

जीप चालक फरार रहेका छन्। दुर्घटनाबारे खबर पाएसंगैं प्रहरी घटनास्थलमा परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ।

 

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक ९, २०८० 0७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट