October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामीकार्तिकमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज २७, २०८० 0५:0४
स्वामीकार्तिकमा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

सेतिकर्णाली खबर/बाजुरा-  जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुनेभएको छ।

एकताबद्ध देश, खेलकुदको सन्देश, भन्ने मुलनाराका साथ स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ। स्वामीकार्तिक खापर गाउँपालिकाले एक सुचना जारी गर्दै आउदो कार्तिक ५ गते देखि प्रतियोगिता सञ्चालन हुने सन्तोष रावलले जानकारी दिनुभएको छ ।

गाउँपालिका भित्र रहेका खेलाडीहरु लाई कार्तिक ५ गते भित्र आफ्नो टिम दर्ता गर्न आह्वान गरेको आयोजक टिमका सदस्य तथा सम्पर्क ब्यक्ति सन्तोष रावलले जानकारी दिनुभयो। उहाँले टीम दर्ताका लागि करीव डेट हप्ताको समय रहेको बताउनुभयो। टिम दर्ता शुल्क रु. ३ हजार मात्र तोकिएको उहाँले बताउनुभयो। प्रतियोगिता स्वामिकार्तिक माद्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार, द्धितिय हुने टिमलाई २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीने बताएको छ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलरक्षक र उदयमान खेलाडीलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीने छ । दशै, तिहारको अवसर पारी स्वामिकार्तिक खापर भित्र रहेका वडामा खेलप्रमि तथा सुभचिन्तकको भेटघाटका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको रावलले बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका भन्दा बाहिरको खेलाडीलाई समाबेश गर्न पाइने छैन। एक वडाको खेलाडीले अर्को वडामा समाबेश हुन नपाइने समेत बताएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज २७, २०८० 0५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट