October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0५:४९
खोली डाडा आधारभुत बिधालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाए

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका ६ पाँडीमा रहेको खोली डाडा आधारभुत बिधालयमा ५९ औं राष्ट्रिय बाल दिवस मनाएका छन।

“बालबालिकामा लगानी सुनिश्चित भविष्य थालनी” भन्ने अभियानका साथ ५९ औं राष्ट्रिय बाल दिवस उद्घाटन समारोह कार्यक्रम बिधालयको आयोजना गरेको छ। प्रत्येक वर्षको भाद्र महिनाको २९ गते मनाउने गरेको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनुभयो। बालबालिका अधिकार क्षेत्रमा रहेका बाल अधिकार सम्बन्धि विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन।

बालबालिका बिधालय नियमित पठाउन अभिभावक लाई आग्रह गरेको छ्न। बिधालय क्षेत्रमा थप कामलाई सुधार गर्नुपर्ने कार्यक्रम सभा अध्यक्ष विर्ख रावलले बताए। बिधालय चलाउन अभिभावक विद्यार्थी तथा शिक्षक सबै एकता आवश्यक रहेको छ। बाल दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। आउने सालमा अहिले भन्दा थप सुधार पक्षमा गएर अझ प्रभावकारी बनाउन लागिपर्ने बिधालय व्यवस्थापन समिति अध्यक्ष विर्ख रावलले बताउनुभयो।

बिधालय औपचारिक कार्यक्रममा नृत्यनाटक, हाजिरीजफाप, वक्तित्व कला जस्ता क्रियाकलाप समेत गरेका छन। स्कुलमा सदन विभाजन गरेर रानिसैन, अपि, मालिका र सैपाल समुह विभाजन गरेर कार्यक्रम प्रतिस्पर्धा गरेका छन। कार्यक्रम पहिलो दोस्रो र तृतीय समुहलाई पुरस्कार वितरण गरेका छन। बाल दिवसको अवसरमा देउडा सास्कृती कार्यक्रम भव्य रूपमा मनाइ कार्यक्रममा बिजेता टिमले कापी तथा कलम दिएको छन।

५९ औं राष्ट्रिय दिवस उद्घाटन समारोह कार्यक्रम सभा अध्यक्ष बिधालय व्यवस्थापन समिति अध्यक्ष विर्ख रावलको अध्यक्षमा कार्यक्रम सुरु गरिएको छ। प्रमुख अतिथि नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा कार्यसमिति सभापति अमर रावल बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पुर्व पाटी सभापति प्रबलाल भण्डारी समेत रहनु भएको छ।

अतिथिमा भुतपुर्व नेपाल प्रहरी हल्दार हर्कबहादुर रोकाया, समाजसेवी चिन बहादुर रावल, शिक्षा प्रेमी नरजित रावल गाउँका स्थानीय सहित बालबालिका हरुको बाक्लो सहभागिता कार्यक्रम गरिएको संचालक बिधालय शिक्षक विर्ख लवारले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट