October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ४, २०८० ११:५७
बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट विशेषज्ञ डाक्टरले बिरामी हेर्ने एप्लिकेसन आज बाट सन्चालनमा आएको हो ।
टेलिमेडिसिएन मार्फत दुर्गमका गाउँ घरका विरामी लाई उपचार गर्न सहज हुने र यो एप्लिकेसन मार्फत बिरामीको सम्पुर्ण विवरण त्यहाँ रहनुका साथै पुन उपचारका लागि बिरामीले पुर्जा बोकेर न आए पनि सबै रिपोर्ट यसै एप्लिकेसनमा रहने भएकाले यो एप्लिकेसनको प्रयोगले निकै सजिलो भएको परियोजनाका डाइरेक्टर मनोज खडकाले बताउनु भएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा आएको छ । नगर प्रमुख जनक कुमार बोहराको प्रमुख आतिथ्यमा वडा नम्बर तिनका वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता जङविर रोकाय ,कोल्टी प्राथमिक स्वास्थ कोल्टिका प्रमुख डा. प्रतीक न्यौपाने ,स्वास्थ शाखा प्रमुख ओमजङ्ग शाही , कार्यपालिका सदस्य हिक्मत ओड पालिका भित्रका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । तत्काल अहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र पान्डुसैन स्वास्थ्य चौकीमा संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले जानकारी दिनु भएको छ ।
अस्टे्रलियामा स्वास्थ्य क्षेत्रमा काम गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएका खड्का नगर पालिकाको प्रमुख जनक कुमार बोहराले पहल गरे पछि यो परियोजना सङ्गै एप्लिकेसन लिएर नेपाल आएको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले स्वास्थ्य क्षेत्र लाई सुधार गर्न आफू निकै लागेको बताउदै यो एप्लिकेसनले अझै थप सहयोग हुने कुरामा जोड दिदै परियोजना लाई धन्यवाद समेत दिनु भएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ४, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट