October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ११, २०७९ 0१:२१
स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शारदा शाही,बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउपालिकाको आयोजनामा हिजो विजया दशमि २०७९ काे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
बडादशैकाे घटस्थापनाकाे शुभ अवसरमा स्वामिकार्तिक खापर गाउपालिकाको प्राङ्गणमा महाँकाली देवि लगाएत देवि देवताको पुजा आराधना पनि गरेको छ।हिन्दु परम्परा अनुसार देवि देवताको पुजा गर्दा शुख , शान्ति समृद्धि हुने, अनावृष्टि, अतिवृष्टि , संकट र महामारी नहुने विश्वास गरिएको छ।
विभिन्न पाटीका नेता तथा पाटी प्रतिनिधि ,कार्यालयका कर्मचारी र गाउपालिकामा रहेका सेवाग्राहीहरूको उपस्थितिमा गाउपालिकामा शुभकामना आदान – प्रदान कार्यक्रम गरेकाे गाउपालिकाले सेतीकर्णाली खबरलाई जानकारी दिएको छ।
उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भरत रोकाया, प्रमुख अथिति नेकपा समाजवादी सुदुर पश्चिम प्रदेश सदस्य चिरञ्जीवी शाही , विशिष्ट अतिथिद्वय ने क पा एमाले जिल्ला कार्यसमिति सदस्य मेघराज शाही ,नेपाली काग्रेशका महाअधिबेसन प्रतिनिधि कमल बुढा रहेका थिय। अतिथिहरु हिमालय बैक प्रबन्धक धुर्व बहादुर शाही, स्वामिकार्तिक इलाका प्रहरी कार्यालय इन्चार्ज लायकराम कठरिया रहेका थिय । सो कार्यक्रम सञ्चालन गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले गरेका हुन भने स्वागत मन्तव्य गाउँपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत अमर रोकाया दिएका हुन। उक्त कार्यक्रममा कार्यपालिका सम्पुर्ण सदस्य लगायत ५वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, शिक्षक बिद्यार्थि ,व्यापारी,सुरक्षा कर्मि,कर्मचारीहरु र किसानहरुकाे समेत बाक्लाे उपस्थिति रहेकाे थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ११, २०७९ 0१:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट