October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १७, २०७८ 0१:१४
आज पिलुचौर स्थित कर्णालीनदिमा र्‍याफ्टिङ महोत्सव हुदै

बाजुरा,बाजुराजिल्ला क्षेत्र नं (क)कुन्ना क्षेत्र अन्तर्गतका ४ वटै स्थानीय तहकाे केन्द्र पिलुपादुका देउरा त्रिबेणि धाममा आज यस क्षेत्रकाे पर्यटनको बिकास गर्नका लागि र्याफ्टिङ महाेत्सव हुदैछ। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेकाे बुढीनन्दा, जगन्नाथ ,स्वामिकार्तिक,र हिमाली गाउँपालिका विच भागमा बग्ने कर्णाली नदिमा महाशिव रात्रीको अवसर पारी र्‍याफि्टङ महोत्सव हुने भएको छ । महोत्सवमा पाँच
वटा र्याफ्टिङ हिमाली गाउपालिकाको धुलाचौर बाट स्वामिकार्तिक गाउपालिकाको पिलुचौर सम्म तिर्जथालु भक्तजनहरुलाई जलयात्रा गराउने रारा  कैलाश टुर एण्ड ट्रेल कर्णाली  नेपालले जनाएको छ ।  महाँशिवरात्रीको बेला जात्रा- मेला लाग्ने गर्दछ मेलामा देउडा खेल, भलिवल खेलको आयोजना गरिएको पिलु पादुका देउरा कर्णाली  त्रिवेणी धाममा हुने महाशिवरात्री आयोजक  समितिले बताएको छ। धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचितको रुपमा रहेको पिलु पादुका देउरा त्रिवेणी धामका ३वटै सिवालय मन्दिरमा छिमेकी जिल्ला कालिकोट, हुम्ला र मुगुका तिर्थालु भक्तजनहरू आउने रातभरि भजनकिर्तन गर्दै र पुजा आरधाना गरि पुजारीको हात बाट टीका थाप्ने गरिन्छ।   छिमेकि जिल्ला कालिकोटमा गत सनिबारको दिन कालिकोटको पलाता गाउँ पालिका र पचाल झरना गाउँ पालिकाको सयुत्त आयोजना तथा राराकैलास टुर एण्ड ट्राभल्स  र कर्णाली ट्रेल नेपालको समन्वयमा घाटा चौर बाट लाफा पुल सम्म ६ किलोमीटर जल यात्रा र्याप्टिङ्गको अध्यन तथा र्याप्टिङ्ग उद्घाटन कार्यक्रम सम्पन गरेको थियो। कर्णाली प्रदेशका निवर्तमान मुख्य मन्त्री महेन्द्र शाहीको प्रमुख आतिथ्य मा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम पचाल झरना गाउँ पालिकाका अध्यक्ष खडक सेजुवाल शान्नी त्रिबेणि नगर पालिका अध्यक्ष डम्बर बहादुर शाही रास्कोट नगर पालिकाका मेयर कासीचन्द बराल,रेडियो बुढिनन्दाका अध्यक्ष जनेश भन्डारी र्याप्टिङ्ग बिग्य महेन्द सारु मगर लगाएत पत्रकारहरु उपस्थित थिय ।निवर्तमान मुख्य मन्त्री शाहीले रिबन काटेर उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख मन्त्री शाहीले यश क्षेत्रमा स्थानीय तहले पनि अझै चासो दिएर काम गर्न सुझाव दिइ कर्णाली प्रदेशले पनि र्याप्टिङ्ग लाई प्रदेशको मुख्य योजना मा राख्ने र पर्यटन प्रबर्द्धन गरि कर्णालीको आर्थिक समृद्धिमा टेवा पुर्याउने बताइएको थियो ।

  • सेती कर्णाली खबर
  • -