October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

यूवालाई रोजगारी होइन उद्धमी बनाउनु पर्छ- क्यासनेप फाउन्डेसन – सेती कर्णाली खबर

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ४, २०७८ २३:४0
यूवालाई रोजगारी होइन उद्धमी  बनाउनु पर्छ- क्यासनेप फाउन्डेसन – सेती कर्णाली खबर

उमेश जङ्ग शाही,काठमाडौँ/ क्यासनेप फाउण्डेशनको उद्घाटन तथा नेपाली समाजका विभिन्न बिधाका ख्याती प्राप्त ब्यक्तिहरूलाई सम्मान कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ।

काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको यो कार्यक्रम दिनको २:१० बजेबाट शुरू भएको थियो। कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री शेर बहादुर देउवा रहनु हुने भनीएको हिजोको कार्यक्रममा उहाँको कार्य ब्यस्तताले गर्दा उपस्तिथि हुन सक्नु भएन तर शुभ-कामना सन्देश पठाउनु भएको थियो, सो सन्देश कार्यक्रमको सुरूमै पढेर सबैलाई सुनाईएको थियो । युवा बैज्ञानिक तथा संस्थाका संस्थापक वसन्त कुमार शाहीको सभापतीत्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथी माननिय राज्यमन्त्री श्री उमेश श्रेष्ठ ज्यू हुनुहुन्थ्यो ।
संस्थाको बारेमा जानकारी र भाबी सम्भावनाका साथै दुरगामी दृष्टिकोणको बारेमा जानकारी दिंदै स्वागत मन्तब्य राख्नुभएको थियो कार्यक्रम संयोजक राजन अधिकारीले । प्रा डा उत्तम खनाल, प्रा डा रामेश्वर अधिकारी बिशेष अतिथीको रूपमा हुनुहुन्थ्यो भने संस्थाले हिजो सम्मान गरेका महानुभावहरू
१. उत्कृष्ट रास्ट्रसेवक अवार्ड-२०७८ कुलमान घिसीङ
२. संस्कृति संरक्षण तथा उधोग प्रबर्द्धन अवार्ड -२०७८ रबीन्द्र पुरी
३. उत्कृष्ट सामाजिक अवार्ड-२०७८ आनी छोईङ डोल्मा
४. उत्कृष्ट चिकित्सक अवार्ड-२०७८ डा. कमल लम्साल
५. राष्ट्रिय युवा प्रतिभा अवार्ड-२०७८ पल शाह
६. उत्कृष्ट युवा पत्रकार अवार्ड-२०७८ खेम बहादुर बम
७. राष्ट्रिय बाल प्रतिभा अवार्ड-२०७८ प्रेन्सा रेग्मी लगाएत कलाकारहरू
१. चक्र बम
२. सुरज पण्डीत
३. लक्ष्मी आचार्य सम्मानित हुनु भएको थियो। कार्यक्रमको बिचबिचमा कलाकारहरूले दिनुभएको प्रस्तुतीले सबै दर्शकहरूलाई नचाएको थियो ।
प्रमुख अतिथी ज्यूले अभाबलाई सम्भाबनाको रूपमा परीवर्तन गर्न सकिन्छ, त्यसको लागी आफैमा धैर्यता र लगनशीलता हुनुपर्दछ भन्दै सफलताका केही उपायहरूको चर्चा गर्दा उपस्थित सबै मुग्ध थिए ।
अधिराज्य भरिबाट आउनुभएका महानुभाबहरूले सभागृह खचाखच भरिएको थियो ।
आनी छोईङको ‘फुलको आंखामा’ बोलको गीतले सबैलाई जिवनको रंग दिईरहेको थियो भने कुलमान घिसीङको सत्कर्मको उर्जाले सबैलाई विभिन्न बिधामा कुलमान बन्न उक्साई रहेको थियो, त्यस्तै कास्की देखी आएकी प्रीन्साको बोलीले सबैलाई आफुभित्र लुकेको प्रतीभा प्रस्फुटन गर्न आग्रह गरिरहेको थियो ।
क्यासनेपले नेपालमा रहेका जो-कोही प्रतीभावान ब्यक्तिलाई अब लुकेर बस्नु नपर्ने, त्यस्तै समाज बदल्न हामीसबै आ-आफुसंग निहीत रहेको बिषयहरूलाई एकत्रीत पार्दै सह-कार्य गरे सकीने जानकारी दिई सभापतीले सभा बिसर्जन गर्नु भयो ।
अतिथीगणलाई संस्थाको तर्फबाट उपहार स्वरूप विभिन्न जिल्ला बाट संकलन गरि ल्याईएका बस्तुहरू नेपाली मौलिक सैलीमा प्रदान गरियो । जसमा दार्चुलाको ओखर, कालीकोटको रातो सिमी, मुगुको कालो सिमी, जुम्लाको रातो मार्सी चामल, काभ्रेको आलु, दोलखाको किवी र धनकुटाको आभोक्याडो रहेका थिए ।

‘क्यानेपको उद्घाटन र सम्मान कार्यक्रम सभागृहमा हुने थुप्रै कार्यक्रमहरू मध्यको कहीलेकाही मात्र अनुभब गर्न पाईने सभ्य र भब्य कार्यक्रम भीत्रको कार्यक्रम बन्यो’ भनेर जानकारी दिनुभयो ठमेलको मोर डाईनामिक ईन्टिच्युटका डाईरेक्टर श्री बाबुराम रिजाल ज्यू, उहा युवाहरूको यो कार्यक्रमलाई शुभ-कामना दिन आउनु भएको थियो ।

क्यासनेप फाउण्डेशनमा हाल विभिन्न जिल्लाका युवाहरु जोडिसकेका छन् भने १६ जिल्ला समेत आफ्नो कार्यसमिति विस्तार गरि सकेको छ। अब आउने १ बर्ष भित्र ७७ जिल्ला सम्म कार्यसमिति विस्तार गर्ने र लुकेर बसेका प्रतिभा लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म पहिचान प्रोत्साहन, प्रबर्द्धन गर्ने छ।
हाल केन्द्रिय बिज्ञ समिति मा ३२ जना प्रा. डा. हुनुहुन्छ संयोजक प्रा. डा. उत्तम खनाल, अर्थविद ज्युको नेतृत्वमा केन्द्रिय बिज्ञ समिति बनेको छ। युवा लाई मात्र जोडेको छैन बालबालिका देखि युवा हुँदै हरेक बिधाका विद्यावारी गरेका प्रा. डा. हरु समेत जोडिनु भएको छ।

१६ जिल्लामा कार्यसमिति बनिसक्दा हाल सम्म करिब १० हजार युवाहरु जोडि सक्नु भएको छ।

क्यासनेप फाउण्डेशनका केही मुख्य उदेश्यहरु:
१. बालबालिका तथा युवामा भएका प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान, प्रोत्सान, प्रवद्धन साथै पुरस्कृत गर्ने छ । ति प्रतिभा लाई बजारीकरण गरी राज्यको अर्थतन्त्रमा टेवा पुग्ने उदेश्यले यस संस्था स्थापित गरिएको छ।
२. युवा लाई रोजगारी होईन, युवा उधमी बनाउनु पर्छ। बिज्ञान तथा प्रबिधि क्षेत्रमा अन्वेषण गर्नको लागि युवाहरु लाई हौसला, आर्थिक तथा भौतिक, अनुदान जस्तामा सहयोग गर्ने छ।
३. “एक जिल्ला, एक उत्पादन “ नीति अन्तर्गत यस संस्थाको विभिन्न जिल्लामा कार्यसमिति बनाईरहेको छ। स्थानीय तह देखि संघ सम्म स्वदेशी उत्पादनहरु लाई बजारीकरण गर्दैछ । प्रयोगशाला बाट प्रमाणित गुणस्तरीय स्वदेशी उत्पादन लाई बिदेशी बजारमा बिक्रि गरि बिदेशी पुजी लाई स्वदेशमै भित्राई राज्यको अर्थतन्त्रमा टेवा पुग्ने आशा गरेका छौ ।
४. विज्ञान तथा प्रबिधि अन्वेषणमा बालबलिका तथा युवाहरु लाई उत्प्रेरित गर्ने छ । विभिन्न विधामा खोज तथा अनुसन्धान गरी ति अन्वेषणलाई बिदेशी बजार समेत बिक्रि गर्ने छ । नेपाली अन्वेषण लाई विश्वमा पहिचान गराउने छ ।
५. दुर- दराजका अति विपन्न परिवारका बालबलिका हरुलाई विभिन्न विधालयमा सहकार्य गरी नि:शुल्क उच्च शिक्षा प्रदान गर्ने छ । नेपालको साक्षरता लाई वृद्धि गर्न महत्व भूमिका निर्वाह गर्ने छ । आर्थिकका कारणले उच्च शिक्षा बाट बाध्यताले बन्चित भएका बालालिका तथा युवाहरुको भविष्यको लागि यस संस्थाले उच्च शिक्षा छात्रवृति कोष संचालनमा ल्याएको छ ।
६. विज्ञान तथा प्रविधिको युगमा विभिन्न खोज तथा अनुसन्धान गरी नेपाल लाई डिजिटल युगमा रुपान्तरण गर्नमा महत्व भूमिका खेल्ने छ ।

क्यासनेप फाउण्डेशन उद्घाटन आगामी दशैँ भन्दा पहिला “एक जिल्ला, एक उत्पादन “ नीति अन्तर्गत जुम्लाको सिंजा बाट करिब १० हजार केजी स्याउ स्थानीय तहमै गएर कृषक समेत लाई सम्मान तथा पुरस्कृत गरेका थियौ । उत्कृष्ट कृषक हिरानन्द उपाध्याय लाई सम्मान साथै केहि औजार प्रदान गरेका थियौ । कृषकको हौसाला बढाउनको लागि उत्कृष्ट कृषकहरु लाई सम्मान गरेको हो ।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ४, २०७८ २३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट