October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ५, २०८० १0:00
गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ।

मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ५, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट