October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ १२:३0
अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।
मृतक कुँवरलाई ठक्कर दिने सुप्रप न ०१-००१ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको पढाई लेखाइ रअन्य सम्पुर्ण जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा,हुम्ला आउने,जाने यात्रुहरूलाई समस्या भएकाे छ ।
धनगढीबाट बाजुरा आएका सयाै यात्रुहरू अछामकाे चाैखुट्टेमा अलपत्र परेकाे बाजुराका कर्णबहादुर महतले बताएका छन् ।
धनगढीबाट आएकाे २ दिन भयाे चाैखुट्टेमा सयाैं जना यात्रु अलपत्र छाै, गाडी खुल्ने नखुल्ने अत्ताेपत्ताे छैन् महतले भने । यता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूकाे आवागमन सहज बनाउन समन्वय गरिरहेकाे बताएका छन्

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट