October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ 0५:२५
हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम  सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम   सम्पन्न  भएको छ।

धुलाचौर बजारमा सरसफाइ  गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार  व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ

बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा फोहोर टिपेर कागज थुपार्ने गर्दै आगो जलाएर फोहोर नष्ट गरेका छन। स्वच्छ र सफाई बनाउन मंगलवार बिहान बजार बासी एकजुट भएर सरसफाइ अभियान कार्यक्रम लाई तिब्र रूपमा गरेको छन।

सरसफाइ पटकपटक गर्ने गरेको छौँ। हामी अहिले विशेषगरी बैशाख ४ गते बाट हुने “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नाराका साथ महोत्सव सुरु हुने भएको छ। उक्त कार्यक्रम सञ्चालन गाउँपालिका भित्र रहेकोे बजार स्वच्छ र सफा बनाउन लागि हामी सबै सरसफाइ  गरेको धुलाचौर बजार व्यवस्थापन समितिले जानकारी  दिएको छ।

महोत्सव भव्य तरिकाले बनाउन हिसाबले हिमाली गाउँपालिका लगायत बजार व्यवस्थापन समिति तथा प्रहरी चौकी टोलि सहित आ-आफ्नो क्षेत्रमा लागिपरेका छौँ। गाउँपालिका भित्रको बजार सधैं स्वच्छ वातावरण संगै सुन्दर बजार बनाउन यो सरसफाइ कार्यक्रमको आयोजना गरेको  गाउँपालिका निमित्त  प्रशासकीय  अधिकृत राज बहादुर भण्डारीले बताए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, चैत्र २८, २०७९ 0५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट