October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि प्रशिक्षण तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:५0
स्वामिकार्तिकमा रैथाने वालिका परिकार सम्बन्धि  प्रशिक्षण  तालिम सम्पन्न

उमेश जङ्ग शाही 

१२ फागुन ,बाजुरा   रैथाने बालिको परिकार बिबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम  कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा आज सम्पन्न भएको छ।

सो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष भरत रोकायाले गरेका हुन।

रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण हुने परिकार सम्बन्धि जानकारी दिइएको हो। स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरुका लागि ३ दिने रैथाने बालिका परिकार बनाउने तालिम सँगै स्थानीय रैथाने बालीबाट उत्पादित परिकारको प्रदर्शन गरिएको हो ।

स्वामिकार्तिक खापर गाउँपालिका कृषि बिकास शाखाका प्रमुख बिनोद शाहीले स्वामिकार्तिक खापर गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार रैथाने बालिको महत्व, परिकार स्थानीय रैथाने बालि उत्पादनमा प्रविधिे लाई खेतीमा जोड्ने र प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । रैथानेबालिबाट तयार पारिएका कागुनोको खिर ,कोदाको हलुवा ,फापरको केक , कोदोको नमकिन, मार्सेको लड्नु, समोसा लगायतका परिकारहरु होटल व्यबसायी सहभागिहरुलाई बनाउन सिकाएको प्रशिक्षक निर्प बहादुर सिहले बताए ।
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले रैथाने बालीको संरक्षणका लागि सबै सरोकारवाला निकाय लागी पुर्न पर्ने बताए । रैथाने वालिका परिकार खानाले निरोगि हुने र बिभिन्न  किसिमका रोग लाग्न नदिने कुराको जानकारि गराए। उनले पुर्खौ देखी हामीले खादै आएको बाली अहिले लोप हुने अवस्थामा रहेको भन्दै त्यसको संरक्षणका लागि गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा समाबेश गरेको बताए ।

रैथाने बालिको परिकार बिबिधिकरण रैथाने बालीको परिकारमा विविधिकरण गरि स्वामिकार्तिक खापर गाउपालिकाको खाद्य सुरक्षामा टेवा पुर्‍याई कुपोषणको भयावह अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित रैथाने बालिको उत्पादन , प्रबर्द्धन , संरक्षण , बजारिकरण र मूल्य श्रृङखला बिकासका लागि यो रैथाने बालीको परिकार बिबिधिकरण तालिमको स्वामिकार्तिक गाउँपालिका कृषि साखाले आयोजना गरेको नायब प्राविधिक सहायक बल बहादुर बिकको भनाइ रहेको छ।

उक्त प्रशिक्षण कार्यक्रममा २० जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको सहजिकरण नायब प्राबिधिक  सहायक जुना बिष्टले  गरेकि हुन।   रैथाने बालिका परिकार विबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको छ। आगामि दिनहरुमा स्वामिकार्तिक खापर गाउँपालिकामा हुने  जुनसुकै कार्यक्रममा पनि  नास्ताको रुपमा रैथाने वालिका परिकार मात्र खुवाउन होटल व्यवसायीलाई आग्रह कृषि साखाले गरेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १२, २०७९ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट