October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्थानियलाई सुचना प्रवाह गर्न हिमालीले गर्यो बिद्धुतिय सुचना बोर्ड जडान

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ४, २०७९ १२:४५
स्थानियलाई सुचना प्रवाह गर्न  हिमालीले गर्यो बिद्धुतिय  सुचना बोर्ड जडान

 उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ।

पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएको छन।

अबको आउने दिनमा स्थानीय नागरिक पालिकाका सूचना पाउन हामी बत्ति मार्फत निरन्तर जानकारी दिन विद्युत द्रारा संचालन हुने बोर्ड व्यवस्था गरेको छौ। विशेषगरी नागरिकका लागि पालिकाका छ वटा महत्त्वपूर्ण सूचना सर्वसाधारण देखि लिएर सबैले सजिलै थाहा पाउन विद्युतिय बोर्ड सञ्चालन गरिएको गाउँपालिका अधिकृत भण्डारीले बताएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ४, २०७९ १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट