October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिकमा निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई बुझायो ज्ञापन पत्र

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३, २०७९ 0२:१५
स्वामिकार्तिकमा   निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई  बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र
बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने निर्णय केही स्थानिय सरकारले लिएको देखिन्छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले ३१गते एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै साउन १ गते देखि कामकाजमा आउन भने पनि संघ र स्थानिय तहका करार कुनै पनि कर्मचारीलाई म्याद थप सम्झौता गरिएको थिएन । गाउँ सभाको करार कर्मचारी हटाउने निर्णय फिर्ता लिनु पर्ने,मनपरि निर्णय बन्द गर्नुपर्ने तथा राजनीतिक पुर्बाग्रह राखेर हटाइएका कर्मचारी बहाली गर्नुपर्ने माग राख्दै सोमबार नेपाल निजामती कर्मचारी संगठन इकाइ कमिटी स्वामिकार्तिकका अध्यक्ष लगाएत सदस्यहरुले गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै गाउँपालिका उपाध्यक्ष मैना जोसीलाई ज्ञापनपत्र बुझाइएको  नेपाल निजामति कर्मचारी संगठन इकाइ कमिटी स्वामिकार्तिक अध्यक्ष दानबहादुर रोकायाले बताए । करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा चित्त बुझ्दो कार्य नभए हटाइयोस् तर राजनितिक पुर्बा आग्रहबाट हटाउने काम नगरियोस् भन्ने भनाई नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य दिल्लिप कुमार शाहीको रहेको थियो । स्वामिकार्तिक खापर गाउँपालिकाको मिगु, जेरा, भौने, र मुक्तिकोट का आधारभुत स्वास्थ्यचौकीमा कार्यरत करार केही अहेव र अनमि कर्मचारीलाई कार्यालयमा दैनिक कार्य गर्न लगाउन गाउँपालिका अध्यक्ष भरत रोकायाले फोन बाट निमित्त कार्यकारी अधिकृत पारस बहादुर शाहीलाई निर्देशन गरेको शाहीले बताए । करार सम्झौता म्याद थप नगरी दैनिक कामकाज गर्न लगाउन केही कर्मचारीलाई मौखिक निर्देशन दिएको छन। स्वामिकार्तिक खापर गाँउपालिकामा हाल कार्यरत स्थायी कर्मचारी २६ जना छन भने संघबाट अस्थायी करार कर्मचारी ११ जना छन त्यस्तै गाउँपालिकाको राजस्वबाट तलब खाने हाल करार सम्झौता म्याद थप नभएका र साउन १ गतेबाट कार्यालय हाँजिर नहुन सुचित गरिएका ६६ जना रहेका छन ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ३, २०७९ 0२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट