October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १८, २०७९ 0७:४२
बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक  गरेको छ ।

बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा नगरपालिकामा ४० दशमलव ६० करोड रहेको छ भने जगन्नाथ गाउँपालिकामा २० दशमलव ५९ करोड रहेको छ ।
त्यसै गरि बडिमालिका नगरपालीकाको लागि ३० दशमलव ८५ करोड, बुढिनन्दा नगरपालीकामा २९ दशमलव १३ करोड ,त्रिवेणी नगरपालीकाको ३३ दशमलव १५ करोड ,गौमुल गाउँपालीकाको लागि २६ दशमलव ८८ करोड ,खप्तड छेडेदह गाउँपालीकाको लागि ३५ दशमलव ७५ करोड, स्वामिकार्तिक खापर गाउँपालीकाको लागि २८ दशमलव ६१ र हिमाली गाउँपालीकाको लागि २५ दशमलव ३४ करोड रकम केन्द्रीय सरकारबाट बिनियाेजन भएकाे छ ।

No description available.

  • सेती कर्णाली खबर
  • -