October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १३, २०७८ 0१:५0
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र  लिङ्देन – सेतीकर्णाली खबर

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने-  ‘तर केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति बढेको छ, राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।’

अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरे।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे।

अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराए।

कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारीलगायतले सम्बोधन गरेका थिए। विस्तारित बैठक मंगलबारसम्म चल्नेछ। स्रोत    आयो मेल डटकम

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १३, २०७८ 0१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट