April 10, 2026 | शुक्रबार, चैत्र २७, २०८२

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १३, २०७८ 0१:५0

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने-  ‘तर केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति बढेको छ, राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।’

अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको, लुटतन्त्रलाइ परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरे।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे।

अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराए।

कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारीलगायतले सम्बोधन गरेका थिए। विस्तारित बैठक मंगलबारसम्म चल्नेछ। स्रोत    आयो मेल डटकम

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १३, २०७८ 0१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।