October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जुकोट स्वास्थ्य चौकीको भवन जिर्ण हुँदा सेवा दिन समस्या

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ १२, २०८१ १३:४६
जुकोट स्वास्थ्य  चौकीको भवन जिर्ण हुँदा  सेवा दिन  समस्या

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर

भाद्र १२ बाजुरा    स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या  भएको छ।
स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ ।  जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा  रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी परेको बेला प्रत्यक कोठामा पानी परेको बेला पानी जम्मा भएर स्वास्थ्य उपचार सेवा दिन मुस्किल हुने गरेको जुकोट स्वास्थ्य चौकि कार्यालय प्रमुख कमल कट्टेलले बताए । रगत जाँच सेवा( ल्याप टेष्ट) गर्ने मेशिन प्लास्टिकले छोपेर राख्ने गरेको ल्याप असिस्टेन्ट द्वारिका शाहीले बताइन। ओपिडी सेवा दिन, पानी चुइएर औषधि भिज्ने गरेको छ। प्रसुती सेवाको बेला  पानी परेपछी छाता ओडाएर सुत्केरी गराउनु पर्ने बाध्यता  नआउला भन्र सकिन्न अनमि ज्ञानी शाहीको भनाइ रहेको छ। विरामीहरु पनि स्वास्थ्य  चौकिको भवनमा उपचार  गराँउदा डराइ डराइ वस्ने गरेको पाइएको छ। कतिखेर भवन भत्किन्छ भन्ने एकिन नभएकाले जोखिम मल्दै स्वास्थ्य  सेवा दिने गरेको अनमि दिपा शाहीले गुनासो गरिन ।    सरोकारवाला निकाएमा बेला बेला जानकारी गराउदा पनि वेवास्ता गरेको जुकोट स्वास्थ्य चौकी स्रोतले आरोप लगाएको छ। स्वामिकार्तिक गाउपालिका मुख दर्शक बनेको छ। मर्मत सम्भार तथा नया भवन निर्माणको कुनै पहल कदमि भएको छैन ।

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ १२, २०८१ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट