October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ 0८:३१
बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

सेतीकर्णाली खबर,बाजुरा- आर्थिक अभावले बिरामी उपचार गर्न नसेकेर थला परेका रत्न नेपालीले सहयोग अपिल गरेका छन।

हिमाली गाउपालिका वडा नम्बर ५ नदापाटा गाउँका रत्न नेपाली आर्थिक अभावका कारणले बिरामी भएको १ वर्ष पूरा पुग्दा पनि अहिलेसम्म उपचार गर्न सकेका छैन। घरमा अत्यन्तै निम्न गरिब दुखी पिडित आर्थिक अबस्था कमजोरी भएको बिरामी रत्न परियार लामो समय देखि उपचार गर्न नसक्ने अबस्था हुँदा झन नाजुक हुँदै गएको उनकी आमा जययसरा नेपालीले बताएका छन।

बिरामी एक वर्ष अगाडि भारतमा उपचार गर्न लैजादा स्वास्थ्य चेकजाँच गरेपछि बिरामीको किड्नीमा समस्या भएको सोही ठाउँमा पानी जम्मा भएकोले उहाँ को अप्प्रेशन गर्नु पर्ने भएको कारणले घरमा पैसाको समस्याले औषधि उपचार गर्न समेत नपाएको हुँदा निकै अवस्था जटिल आएको छ। घरमा औषधि किन्ने पैसा नभएर उपचार रोखिएको कारण्ले गर्दा उहाँका घरपरिवार रुदै आर्थिक सहयोगका लागि हार गुहार गर्नुभएको छ।

छोरो बिरामी भयो आफ्ना आफन्त कोही नभएकोले आर्थिक समस्या भएको छ। केही सहयोग पाए भने छोरालाई बचाउन उपचार गर्न लैजाने भन्ने हो अहिले बिरामीको घरमा जादा आर्थिक सहयोगका लागि हारगुहार गर्दै रुदै कराउँदै सहयोग मागेका प्रकाश कार्कीले बताएका छन। बिरामीलाई उपचार गर्नुपर्ने हुँदा १ वर्ष भयो घरमा खाना बस्न समेत सहित बिरामी उपचार गर्न ठुलो समस्या भएको छ। उपचार गर्दागर्दै घर लिलाम लागिसकेको र अहिले अन्तिम अवस्था रहेकोे छ

उहाँको उपचार सफल गर्नको लागि विभिन्न आर्थिक सहयोगीका लागि गाउँपालिका कर्मचारी बजार व्यवसायीहरु संग आर्थिक सहयोगका लागि चंदा संकलन उठाइएको सोही गाउँका युवा दिपक भण्डारीले बताएका छन। इसेवा ९८६४७०२१५१ मा सहयोग गरिदिन अपिल गरेका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट