October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0१:४८
मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ कैलाशमाण्डौं स्वास्थ्य चौकीमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाजुराको आर्थिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरीएको बताइएको छ । त्रिवेणी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जुद्ध बहादुर अयडीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह विशिष्ट अतिथि रहनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला अस्पताल निमित्त प्रमुख दीपक जोशी, डाक्टर राजकुमार जोशी, कम्प्युटर अपरेटर प्रशान्त जोशी, स्वास्थ्यकर्मी सीता खड्का नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य खडक बहादुर अयडी लगायतको उपस्थित रहेको थियो । कैलाशमाण्डौ स्वास्थ्य प्रमुख प्रकाशविक्रम शाहीले सञ्चालन गरेको शिविर सञ्चालन कार्यक्रममा अहिले मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविरबाट सेवा लिरहेका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ३०, २०८१ 0१:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट