October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रुख बाट लडेर एक महिलाकाे मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १६:५४
रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला परेकी हुन् । उनी हराएकाे खबर प्रहरीमा आफन्तले जानकारी गरेपछि स्थानीय र प्रहरीले खोजी गर्दा आज बिहान मृत फेला  परेकी  हुन् ।मृतक लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएकाे प्रहरीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३, २०८१ १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट