October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एसिया कप खेलमा नेपालको , मलेसियासँग ४ विकेटले पराजित

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:१८
एसिया कप खेलमा नेपालको , मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं —एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्‍यो।

मलेसियाका लागि इल्सा हन्टरले अविजित ६९ रन बनाइन्। त्यस्तै मास इलिसाले १३ रन, महिरा इज्जतीले १६ रन र वान जुलियाले ११ रन बनाइन्।

त्यसअघि नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन, डली भट्टले २५ रन, कविता कुँवरले २३ रन र रुविना क्षेत्रीले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट