October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 00:१८
हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने यौनजन्य दुर्ववहार निवारण आचारसंहिता २०८० र आर्थिक संशोधन कार्य विधि र आर्थिक संशोधन गाउँ सभा बाट पारित गरिएको छ।

२०८० को दफा २१ ले दिएको अधिकार प्रयोग गरि हिमाली गाउँपालिकाले देहायका आचारसंहिता बनाई लागु गरेको छ। कार्यालय प्रमुखको आचारण, कर्मचारीले पालना गर्नुपर्ने आचारण, सेवाग्राहीले पालना गर्नुपर्ने आचारण पालना गर्नुपर्ने गरि कार्य विधि बनाएको छ। यौनजन्य क्रियाकलापमा प्रोत्साहन दिन नहुने र लैङ्गकि तथा सौजन्री दुर्ववहार निवारण सम्बन्धि आचारण २०८० को कार्यस्थलको कार्यालयको काम गर्नुपर्ने स्वास्थ सुरक्षित, पारदर्शी निष्पक्ष संगै मैत्री वातावरणको सबैले पालना गर्ने, सबैमा समय सद्भाव र सहयोगी व्यवहार गर्ने कार्यस्थलमा अरुको निजि कुरा गरेर समय र सम्बन्ध बिगर्ने छैनौ जस्ता आचारसंहिता पालना गर्नुपर्ने हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्किले बताउनुभयो।

गाउँपालिकामा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि तयार गर्ने र मदिरालाई राजस्वको दायरामा ल्याउने निर्णय पारित गरिएको हो । यसैगरी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सार्र्वजनिक ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई करको दायरामा ल्याउने निर्णय पारित गरेको छ । पालिका भित्रका सरकारी कार्यालयमार्फत प्रतिफल आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइएको छ गाउँपालिका समन्वय गरी गैरसरकारी संस्थाको काम वडा जनप्रतिनिधिहरुले नजिकैबाट हेरफेर गर्न पनि सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन । जनमैत्री गाउँपालिका बनाउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको छ।

आगामी दिनमा अझै शसक्त रुपमा जनताका सेवामा कटिबद्ध बन्न सम्पूर्ण शाखाहरुलाई निर्देशनसमेत दिइएको छ । सभामा स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि व्यापक छलफल गरिएको थियो । वडाबाट पाउने सूचना तथा सेवा कतिको कामकाज भएको र गाउँपालिकाले स्थानीयहरुलाई दिने सेवा विषयमा जनप्रतिनिधिबीच गाउँ सभामा छलफल तथा बहस गरिएको भण्डारीले बताए ।

साबिक बिच्छया ठाउँमा सडक मार्ग बनाउन स्थानीय सरकार देखि संघ र प्रदेश सरकार संग विशेष पहल गरिएको छ। यहाँका कवाडी, गुम्बा, बामु लगायत ठाउँमा टेलीफोन टावर बनाउने कुरा सम्बन्धि निकायमा कुरा भएको छ। केही महिना पछी त्यहाँको केन्द्र बिन्दु भएर टेलिफोन टावर सर्वेक्षण गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कियुडीका ९९ घर र वा नम्बर ४ को फैती गाउँका २९ घर गरि १ सय २८ बिपदका बनेका घरको पैसा पाएका छैन। त्यसका लागि गाउँपालिका कागज प्रक्रिया पुरा गरिसकेको छ।सोही कागज पत्र साथमा लिएर जिल्ला प्रशासन तथा संघ र प्रदेश प्रक्रिया अगाडी बढाएर ढिलोमा असार सम्म रकम पाउने गरि लागिपरेको छौ अध्यक्ष मल्लले बताएका छन। गाउँ सभा बिहीबार देखि सुरु भएको शुक्रबार महत्त्वपूर्ण विधि गाउँ सभा बाट सर्वसम्मत रूपमा पारित गरि हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 00:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट