October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0४:२४
हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन गरिएको छ।

“उद्योग गरौं, आत्म निर्भर बनौं” भन्ने अभियानका साथमा घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुराको आयोजनामा र हिमाली गाउँपालिका सहकार्यमा हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन गरिएको छ। तालिम संचालन पौष २४ गते देखि माघ २३ गते सम्पन्न गरिने भएको छ। स्थानीय बेरोजगारीहरु लाई सीप सिकाउने रोजगार बनाउन विशेषगरी यो तालिम राखिएको हो। कैयौंपटक मान्छे गाउँ भन्दा बाहिर नगए गाउँ भित्र केही गरेर जीवन निर्वाह गर्नका लागि पालिका ६० जना लाई तालीम दिएको हिमाली गाउँपालिकाले जनाएको छ।

उक्त तालिम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता कार्यक्रम सञ्चालन भएको छ। बिशिस्ट अतिथि हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायत घरेलु तथा साना उद्योग कार्यालय कर्मचारी सहितको उपस्थितिमा तालीम सञ्चालन गरिएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट