October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा नसर्ने रोग शिविरमा २ सय भन्दा बढी सेवाग्राही पाए उपचार

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0३:५५
हिमालीमा नसर्ने रोग शिविरमा २ सय भन्दा बढी सेवाग्राही पाए उपचार

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नसर्ने रोगको निदान सम्बन्ध शिविर सञ्चालनमा २ सय ५० भन्दा बढी सेवाग्राहीलाई उपचार पाएका छन।

एक दिने शिविर सञ्चालनमा जिल्ला अस्पताल बाजुराको आयोजनामा र हिमाली गाउँपालिका समन्वयमा धुलाचौर आधारभुत स्वास्थ सेवा केन्द्रमा शिविर संचालन गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छ्न। विशेषगरी नसर्ने रोगका विशेषज्ञ डाक्टर मार्फत पालिका स्थानीय बासिन्दा लगायत मुगु र हुम्ला जिल्लाका मान्छेलाई समेत उपचार सेवा लिएका छ्न।

नसर्ने रोग मुटु र मधुमेह रोग जस्ता रोगी बिरामीहरु लाई पहिलो प्राथमिकता दिएर गाउँ घरमा उपचार गर्ने सहज भएको छ। सबै गरि नसर्ने रोगको निदान सम्बन्ध शिविर सञ्चालनमा २ सय ५० भन्दा बढी सेवाग्राहीलाई उपचार पाएका छन।गाउँ अधिकास मान्छेको स्वास्थ परिक्षण गर्न पाएका छ्न। जिल्ला अस्पताल बाजुराले गर्ने स्वास्थ सुबिधा पालिकाको शिविरमा स्वास्थ चेकजाँच सहित औसधि नि:शुल्क पाएका स्वास्थ शाखा प्रमुख मल्लले बताएका छ्न।

गाउँपालिकामा विभिन्न किसिमका शिविर सञ्चालन निरन्तरता भैरहेको छ। केही पछि हामीले नसर्ने रोगको निदान सम्बन्ध शिविर सञ्चालन पालिकाको स्वास्थ सेवा केन्द्रमा गराएका छौँ। स्थानीयलाई सानोतिनो देखि ठुलो बिरामी स्वास्थ उपचार गर्न खर्च हुने हुँदा सोही बिरामी लाई गाउँ घरमा गराउन निम्ति शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २५, २०८० 0३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट