July 19, 2025 | शनिबार, साउन ४, २०८२

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० 0७:३५

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ ।
बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु गरीएको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय जुना दानी रहनुभएको थियो । उक्त उद्धघाटन कार्यक्रममा नाै वटै पालिकाका प्रमुख,उपप्रमुख एबम् प्रतिनिधि,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि,खेलप्रेमि खेलाडीहरु,पत्रकार लगायत स्थानियहरुको उपस्थित रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खप्तड छेडेदह गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले राख्नु भएको थियो ।कार्यक्रमको सञ्चालन नेकपा एसका नेता खगेन्द्र नाथले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतले दशरथ माविको खेलमैदानलाई राष्टिय मापदण्डको खेल मैदान बनाउनका लागि प्रदेश सरकारमा प्रस्ताव गरिसकेको र संघ सरकारसंग पनि समन्वय गर्ने तयारी रहेको दाबी गर्नुभयो । खेल क्षेत्रको विकास संगै सुन्दर नगरी आटिचौरलाई जिल्लाकै पहिचानका रुपमा विकास गर्न पालिकाको तर्फबाट आफु तनमन र बचनका साथ लागिपरेको बताउनुभयो । गाँउपालिकाको खेल क्षेत्रको विकासका लागि गाँउपालिकाको तर्फबाट आवश्यक लगानी गर्दै आएको र फेरी पनि गर्न तयार रहेको गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले बताउनुभयकाे छ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती माननिय जुना दानीले खेल क्षत्रको किासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने दावी गर्नभयो । छेडेदह स्पोर्टस क्लवबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताले समग्र छेदेदह गाँउपालिकाको विकासमा टेवा पुग्ने बताउनुभयो । खेलाडी देशकै लागी गहना र राष्टको पहिचान रहेको उल्लख गर्नुहुँदै उहाँले खेल क्षेत्रको विकासका लागि तिन वटै तहका सरकार एक्यबद्धता भए आपसी समन्वय र सहकार्यका माध्यमबाट खेल क्षेत्रको विकासमा जु्ट्नुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रको विकासलाई तीन वटै तहका सरकारले प्राथामिकतामा राख्नपर्ने प्रदेश सभा सदस्य दानीको भनाइ रहेको छ । आज उद्घाटन भएको प्रतियोगिताको खेल भने भोलीबाट खेलाइने आयोजक टिमले जानकारी दिएको छ । साथै १२ वटा टिमहरुले सहभागीता जनाएको पनि जनाएकाे छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, कार्तिक १२, २०८० 0७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  