October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै सेवा सुचारु

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0९:३0
बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै सेवा सुचारु

उमेश रोकाया/बाजुरा- बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै स्वास्थ सेवा सुचारु गरेका छन।

हिमाली गाउँपालिका वडा नम्बर १ को देउसैनमा रहेको बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन गरिएको छ। औपचारिक रूपमा कार्यक्रम गरेर हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले रिवन काटेर स्वास्थ चौकी भवन उद्घाटन गरिएको स्थानीयले बताएका छन।

पुरानो स्वास्थ चौकी भवन जीर्ण अवस्था हुँदा गाउँपालिका अध्यक्ष मल्लले आर्थिक वर्ष २०७९/०८० मा निर्माणकार्य सम्पन्न भएको भवनमा उद्घाटन गरि नयाँ भवन सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ। स्वास्थ भवन अब स्तर वृद्धि गराउने स्थानीय मान्छेलाई विभिन्न किसिमका सेवा थप गराउन लागिपर्ने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको प्रमुख अतिथिमा उद्घाटन कार्यक्रम भएको छ। वडा अध्यक्ष जोख्या भण्डारी बिच्छ्या स्वास्थ चौकी इन्चार्ज सुवास रोकाया फेस नेपाल संस्था कर्मचारी लगायत स्थानीयहरुको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको संचालक तिर्थ राज मल्लले बताएका छन।

स्वास्थ चौकी नयाँ भवनमा कामकाज गर्न पाउदा खुशी भएका छन। पहिला पुरानो भवन जीर्ण अवस्था हुँदा अहिले नयाँ ठाउँमा सर्दा सबै स्वास्थ कर्मचारी अहिले सकारात्मक प्रभावित भएका छन। नयाँ भवन उद्घाटन कार्यक्रम संगै सेवा सुचारु गरेर सेवा प्रभावकारी भैरहेको बिच्छ्या स्वास्थ चौकी इन्चार्ज सुवास रोकायाले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ११, २०८० 0९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट