October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० ११:५७
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ ।

आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ ।

आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न पुगेको बताएको छ ।

विद्यालयका शिक्षकशिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन अयोगले भनेको छ

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट