October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडाअध्यक्षकाे पहलमा श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ १, २०८० १७:0९
वडाअध्यक्षकाे पहलमा  श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

देबराज पाध्याय
भाद्र १
बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि कर्मचारी ससस्त्र प्रहरीबलका सुरक्षाकर्मी सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्।
मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने खडुका काे बृकुली भन्ने ठाउमा तलतिरबाट खाेल्साकाे पानीले कटान गरेकाे र माथिबाट पहिराे गएकाेले मानिसलाई आवतजावत गर्न समस्या भएकाे हाे। खडुका नेर हिड्न समस्या देखेर बडिमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले हिजाे सामाजिक संञ्वाल फेसबुकमा श्रमदान गरेर सहयाेग गरिदिनुहुन भनी एक स्टाटस हालेका थिए साे कुरामा सहमत भै ससस्त्र प्रहरी बल बाजुरा का जवानले र साे वडाका वडाबासि तथा जनप्रतिनिधि ,कर्मचारी हरु मिलेर आज बडिमालिका नगरपालिका वडा न ७ काे खडुका काे बाटाे मर्मत गरेका छन् ।

जिल्ली ,रजाताेली,ढम्कने बाट मार्तडी मा रहेका बिद्यालयमा जाने बिद्यार्थिहरु र काेल्टी मार्तडी आवत जावत गर्ने यात्रु , उपचारगर्नजाने ब्यक्ती हरु सबैलाई आवतजावत गर्न समस्या भएकाले साेलाई मध्यनजर गरि आज बाटाे मर्मत गरेकाे कर्मचारी हिरेन्द्र बि क ले  बताएका छन्।

यश बाटाे हुँदै मार्तडी काेल्टी हुम्ला, मुगु ,कालिकाेट सम्म जाने मानिसलाई समेत समस्या हुने भएकाे छ ।घरतिरबाट काठमाण्डाै ,  धनगढी, नेपालगंज मा  जाने र उपचार गर्न जाने हरु लाई समस्या भएकाे देदेर यस बाटाेलाई मर्मत गरेकाे वडा सदस्य डब्बल बिक ले बताएका छन् ।
मार्तडी बाट माथिल्लाे भेगमा आवत जावत गर्ने र मुलनाका यही बाटाे रहेकाे हाे ।यदी याे बाटाे न बनेमा जिल्लाकाेपुर्बि उत्तरी भेग का ४ पालिका लगायत हुम्ला ,मुगु,कालिकाेट का केही भागमा समेत तथा दैनिक उपभाेग्य सामान हरुकाे हाहाकार हुने देखीन्छ ।

याे बाटाे बाटाे बाहेक अरुकुनै बाटाे नभएकाे र राेडकाेबाटाे मा धेरैलामाेहुने हुनाले परकाे अफ्टेराे डांडाबाट मानिस हिड्ने गरेकाे र त्यस डांडामा खालि हिड्न समेत सारै जाेखिम रहेकाेले बाटाे अनिबार्य बनाउनु पर्ने देखीयाे र आज सबै समाजसेबी हरुलाई सहयाेगकाेलागी आवह्ानगरेकाे वडाअध्यक्ष धर्मराज पाध्यायले बतायका छन् ।
आखिरगरे केहुदैन रहेछ भन्ने पनि हुन्छ र आफ्नाे काम मा याेजनाकाे मुखताकी राख्नु नपर्ने देखियकाे ट समस्या भलाई पहिचान गरेर महिनाकाे एक दिन सार्बजनिक काममा दिदा केही नहुने समेत पाधयायले बताएका छन् ।
हामिले यश अघि प्रत्यक टाेलमा जनश्रमदान गरेर काम गर्ने काम सुरु भैसकेकाे समेत बतायका छन् ।अघिल्लाे महिना ढम्कनेटाेलमा दुईपटक काठेपुल र बाटाेनिर्माण गरेका छन् ।३पटक सरस्वती टाेलमा खानेपानी मुहान र बिद्यालय जाने बाटाे मर्मत गरीसकेकाे छ। रजाताेलीकाे २बैटाेलमा पनि ४वटा काठेपुल निर्माण गरेका छन् सिराडी टाेलमा पनि बाटाेमर्मत गरेका छन् ,जिल्लीका ३टाेलमा खानेपनी,बाटाे मर्मत गरीसकेका वडाअध्यले बतायका छन् ।
केहीदिन अगाडी वडाकार्यालयका कर्मचारी र जनप्रतिनिधी हरुले जिल्ली पहीराेमा समेत बाटाे मर्मत गरेर का थिय ।

 

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ १, २०८० १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट